Butwal Today

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावा सहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसको मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
यसै गरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन ,आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको  रिपोर्ट गरिएको छ । तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरूलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिए ।
सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग–भग २० जनाको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?