Butwal Today

राष्ट्रियसभाको बैठक सुरु

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलकामा उठेका प्रश्नहरूका प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि उनले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?