Butwal Today

कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक: जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

विराटनगर ।  कोसी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ । कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखि विराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोसी प्रदेश योजना आयोग गठन सञ्चालन आदेश, २०८३’ लाई कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाई कानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?