Butwal Today

प्रतिनिधिसभा बैठक बस्दै

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दै छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्ने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?