Butwal Today

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् ।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?