Butwal Today

प्रशिक्षण कार्यक्रमको खर्चबारे आशिकाको प्रश्न

२६ बैशाख २०८३, शनिबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै सांसद आशिका तामाङ विरुद्ध स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमबारे उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो। जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमलाई लिएर तामाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। सिंहदरबारभित्रै सस्तो र उपयुक्त सभा हल उपलब्ध हुँदाहुँदै पनि बाहिर महँगो स्थान रोजिएको भन्दै उनले पार्टीको निर्णयप्रति असन्तोष व्यक्त गरेकी हुन्।

उनले फजुल खर्च रोक्ने नारा दिने पार्टीले व्यवहारमा भने त्यसको विपरीत काम गरेको टिप्पणी गर्दै लेखेकी थिइन्, “सिंहदरबारमै पर्याप्त सभा हल हुँदाहुँदै बाहिर महँगो स्थान प्रयोग गर्नु के आवश्यक थियो ” तामाङको उक्त अभिव्यक्तिलाई पार्टी नेतृत्वले अनुशासन उल्लंघनका रूपमा लिएको बताइएको छ। सोही विषयलाई लिएर उनीसँग औपचारिक स्पष्टीकरण सोध्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

यस घटनाले पार्टीभित्र आन्तरिक मतभेद, खर्च पारदर्शिता र नेतृत्व शैलीबारे नयाँ बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?