Butwal Today

संवैधानिक परिषद्को सिफारिसप्रति सुशीला कार्कीको असन्तुष्टि

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति कडा असन्तुष्टि जनाउँदै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन्। उनका अनुसार वरिष्ठता मिच्दै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नु “विधि र स्थापित परम्परा विपरीत” हो। उनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सक्षम हुँदाहुँदै पनि बेवास्ता गरिएको विषयलाई प्रश्नयोग्य भएको बताइन्।

कार्कीले न्यायपालिकामा योग्यता, अनुभव र पदोन्नतिको स्पष्ट परम्परा रहेको उल्लेख गर्दै राजनीतिक प्रभावका आधारमा गरिएका निर्णयहरूले राज्यका संस्थागत मर्यादामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिइन्। उनले भनिन्, “यति सक्षम महिला हुँदाहुँदै किन रोकियो यसको परिणाम सरकारले पछि भोग्नुपर्छ।”उनले न्यायपालिका अन्य राज्य संयन्त्र जस्तै क्रमिक पदोन्नतिको प्रणालीमा चल्नुपर्ने बताउँदै योग्यता मिचेर गरिएका निर्णयहरू अन्ततः गलत सावित हुने टिप्पणीसमेत गरिन्।

उनले सपना प्रधान मल्लको कानुन निर्माण, न्यायिक अभ्यास र महिला अधिकारका क्षेत्रमा रहेको योगदान उल्लेख गर्दै उनलाई उपेक्षा गर्नु उचित नभएको धारणा व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?