Butwal Today

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको ठमेलमा रहेको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छायादेवी कम्प्लेक्स बनाइएकाले अविलम्ब भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवास् राजनीतिक अभियानले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सार्वजनिक कायम गरौँ, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरू एक होऔँ, सम्पदा मास्न पाइँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ऐतिहासिक महत्त्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए ।

उनीहरूले ११ औँ शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दबाब दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?