© 2026
हुम्ला । काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ । मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो ।
सर्केगाड–८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
काठ चिरान गर्ने क्रममा सर्केगाड–८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।