© 2026
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् प्रयोग गर्दै आएको गाडी सरकारलाई फिर्ता गरेका छन्। गृह मन्त्रालयले दोहोरो सुविधाअन्तर्गत लिइएका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि अध्यक्ष ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार फिर्ता गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार हालै गरिएको अध्ययनका क्रममा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरिरहेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेका थिए। त्यसपछि स्पष्ट विवरण माग गर्दै गृह मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको हो।
सोहीअनुसार सम्बन्धित व्यक्तिहरूलाई सवारी साधन फिर्ता गर्न निर्देशन दिइएको र त्यसको कार्यान्वयन सुरु भइसकेको गृह मन्त्रालयले जनाइएको छ।