Butwal Today

सुकुम्बासी शिविरमा पुग्यो चिकित्सकसहितको स्वास्थ्य टोली

२० बैशाख २०८३, आइतबार
अ+
अ-

भक्तपुर । सुकुम्बासी राखिएको दुई शिविरमा आज चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरिएको छ । मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएलगत्तै आज बिदाका दिनसमेत चिकित्सकको टोली दुवै सकुम्बासी शिविरमा पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले जानकारी दिए ।

दुवै सुकुम्बासी शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिकसमेतको स्वास्थ्य परीक्षण गरिएको बताउँदै उहाँले सुकुम्बासीहरूमा मानसिक समस्या बढी देखिएको बताए । सोमबार पनि थप चिकित्सकहरूको टोलीले मानसिक तथा शारीरिक स्वास्थ्य सेवा र औषधि वितरण गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?