Butwal Today

कपिलवस्तुमा भएका दुर्घटनामा २० जना घाइते

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानमा भएको बस र मोटरसाईकल दुर्घटनामा बिस जना घाईते भएका छन । तौलिहवा जितपुर सडकखण्डको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ निग्लिहवामा लु १ ख ८७९४ नम्बरको बस अनियन्त्रित भई पल्टिदा १९ जना यात्रु घाईते भएका छन ।

तौलिहवा देखि चार नम्बर जितपुर जादै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो । दुर्घटनामा घाईते मध्य ६ जना मध्यम घाईते र १३ जना सामान्य घाईते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

बसमा सवार यात्रुमध्ये घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको जनाईएको छ ।
त्यसै गरि महाराजगंज हुदै डुम्रा भित्री सडकखण्ड स्थित जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर ११ गोलाईपुरमा भारतिय नम्बरको युपी ५५ एवाई ३६४४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन । घटनामा मोटरसाईकल चालक महाराजगंज १० हर्दौनाका छेदी कोरी गम्भिर घाईते भएको निरिक्षक ढकालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?