Butwal Today

सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको प्रष्टोक्ति

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  नेपाली सेनाले विपद् प्रतिकार्य र पूर्वतयारलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्ने प्रयोजनका लागि तथ्याङ्क अद्यावधिक गरिएको स्पष्ट पारेको छ ।

सेनाका स्थानीय युनिटले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा हुनसक्ने विपद्का घटना व्यवस्थापनलाई सहज तुल्याउने हिसाबले सो कार्य गरेको सेनाद्वारा आज विज्ञप्तिमा उल्लेख छ ।

“बर्सातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारीको योजना गर्दै आएको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विगतका वर्षमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै उक्त तयारी गरिएको सेनाले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?