Butwal Today

बुद्ध जयन्ती सम्बन्धी पत्रकार सम्मेलनमै विवाद, सञ्चारकर्मीको कडा असन्तुष्टि

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

लुम्बिनी । बुद्ध जयन्तीको तयारीबारे जानकारी दिन लुम्बिनी विकास कोष द्वारा आयोजित पत्रकार सम्मेलनमै सञ्चारकर्मी र सरोकारवालाबीच चर्को विवाद उत्पन्न भएको छ। सञ्चार माध्यमप्रति अपमानजनक व्यवहार र श्रमजीवी पत्रकारहरूको शोषण भएको आरोप लगाउँदै पत्रकारहरूले कार्यक्रममै कडा असन्तुष्टि जनाएका हुन्।

पत्रकार सम्मेलनकै क्रममा उनीहरूले गत वर्षका कार्यक्रमसँग सम्बन्धित विज्ञापन तथा प्रसारण सेवाको भुक्तानी अहिलेसम्म नदिइएको विषय उठाउँदै आयोजकप्रति कडा आलोचना गरका थिए । उनीहरूले सञ्चार माध्यमहरूसँग गरिएको प्रतिबद्धता पालना नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए । “विज्ञापन र सूचना प्रकाशनका लागि सामग्री पठाइयो, तर बिल माग्दा भुक्तानी दिइएन भने यस्तो व्यवहार अस्वीकार्य छ,” पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आक्रोश व्यक्त गर्दै भने, “प्रतिबद्धता बिना अब सहकार्य सम्भव छैन।”

त्यस्तै, पत्रकार दिपक घिमिरेले गत वर्ष आफूहरूले सरकारलाई भ्याट बुझाइसकेको अवस्थामा समेत भुक्तानी नपाउनुका साथै भ्याट बिलसमेत फिर्ता नदिइएको गुनासो गरे। बारम्बार अनुरोध गर्दा पनि विभिन्न बहाना बनाइएको उनको आरोप छ। पत्रकारहरूले स्पष्ट चेतावनी दिँदै भनेका छन् कि बक्यौता भुक्तानीबारे स्पष्ट प्रतिबद्धता नआएसम्म आगामी कार्यक्रमहरूमा संस्थागत रूपमा सहभागी् हुनेछैनौ । उनीहरूले सञ्चार क्षेत्रको सम्मान, पारिश्रमिकको सुनिश्चितता र पारदर्शिताको माग गरेका छन्।

यस घटनाले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वको तयारीमै विवाद सिर्जना गरेको छ भने आयोजक र सञ्चार क्षेत्रबीचको सम्बन्धमा समेत असन्तुलन बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?