© 2026
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले सम्बन्धित नेताहरूलाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
स्पष्टीकरण सोधिएका नेताहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवेकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, पूर्वमन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन्। पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोपबारे स्पष्ट जवाफ दिन उनीहरूलाई निर्देशन दिइएको छ।
