Butwal Today

हावाहुरीले दाङमा चार जना घाइते

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

दाङ । आज साँझ आएको हावाहुरीका कारण दाङको लमही क्षेत्रमा चार जना घाइते भएका छन्। लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी हावाहुरीका क्रममा घाइते भएका हुन्। त्यसैगरी लमही–४ शान्तिनगरका जगतबहादुर थापाको जस्तापाताले काट्दा हातमा गम्भीर लागेको छ।

यस्तै, लमही नगरपालिका–३ वनगाउँका कमल खनालको हात भाँचिएको छ। यसैगरी वडा नम्बर २ श्रीगाउँ निवासी बिक्रम चौधरीको रुखको हाँगा भाँचिदा आँखामा चोट लागेको छ।

घाइते चारै जनाको लमही अस्पतालमा उपचार गरिएको छ। स्थानीय प्रशासनका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा रूख ढल्नुका साथै संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?