Butwal Today

पाल्पाबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना दुई युवतीको मृ*त्यु

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा मंगलबार साँझ दुई युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको ज्यान गएको छ ।

स्कुटर चालक कपिलवस्तु बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । एउटै स्कुटरमा तीन जना सवार रहेको र साँझ करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटना लगत्तै घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याए लगत्तै उपचारका क्रममा चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए । घाइते चालकको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?