Butwal Today

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी, झिरवासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटनामा परी सहचालक, रैनादेवी छहरा गाउँपालिका–४ छहराका २३ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका रानालाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मिसन अस्पताल, तानसेन पुर्‍याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?