Butwal Today

पर्यटन क्षेत्र जुर्मुराउने उपाय खोजौँ

४ बैशाख २०८३, शुक्रबार
अ+
अ-

नेपालको समृद्धि आन्तरिक पर्यटन महत्त्वपूर्ण साबित हुने तथ्य उजागर भएको छ ।

पछिल्लो समय विदेशीभन्दा आन्तरिक पर्यटन नेपाल सम्मृद्धिको सूचक हुन सक्छ भन्ने कुरा नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको चहलपहलले स्पष्ट गरेको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा नेपालका पर्यटकीय क्षेत्रहरूमा देखिएको आन्तरिक पर्यटकहरूको बढ्दो चहलपहल र उपस्थितिले पर्यटन क्षेत्रले उत्साह सिर्जना गरेको छ ।

घुम्ने संस्कृति आन्तरिक पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण खुट्किलो हो । नयाँ वर्षको अवसरमा बुटवलको फूलबारी, बुटवलका दुवै केबुलकार, सिद्ध बाबा मन्दिर लगायत विभिन्न पार्कमा देखिएको चहलपहलले के सङ्केत गरेको छ भने नेपालीमा बिस्तारै घुम्ने संस्कृति विकास हुँदै गएको छ । यसले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउँछ ।

आन्तरिक पर्यटनमार्फत सम्मृद्धिको जग स्थापित गर्दछ । आन्तरिक पर्यटनसँगै विदेशी पर्यटकको आगमनले पर्यटन क्षेत्र थप उचाइमा पुग्ने निश्चित छ । नयाँ वर्षमा मात्रै होइन, नेपालीहरू समय मिलाएर घुम्न निस्कने गरेका छन ।

यो धेरै लामो समयको कुरा होइन, तर पछिल्लो अवस्थाले नेपालको पर्यटन क्षेत्र माथि उठ्ने अवस्थाको यो सानो सङ्केत मात्रै हो । नेपालीहरूमा विदेशीहरूमा जस्तै घुम्ने बानीको विकास भैरहेको देखिएको छ ।

नेपालीहरू मनका पनि सौखिन हुन्छन । विदेशीहरू बरु पैसा खर्च गर्न आनाकानी गर्छन तर नेपालीमा खर्च गर्ने बानीको बढोत्तरी हुँदै गएको छ । नयाँ वर्ष मात्रै होइन, जातजाति अनुसारका धार्मिक कार्यक्रम, ऐतिहासिक स्थल क्षेत्रले पनि पर्यटन क्षेत्रमा चहलपहल ल्याउन ठूलो सहयोग गरेको छ ।

पर्यटन क्षेत्र बिस्तारै माथि उठ्दैछ तर मध्यपूर्वमा भएको तनावका कारण पेट्रोलिममा मूल्यबृद्धि हुँदा चिन्ता पनि थपिएको अवस्था छ । यद्यपि नेपालको पर्यटन बजार सम्हालिँदै अघि बढ्छ भन्ने विश्वास स्थापित छ ।

नेपालमा पर्यटक आउने मुख्य आधार पदयात्रा, हिमाली दृश्यावलोकन, धार्मिक एवं सांस्कृतिक दर्शन आदि रहेका छन । यसबाहेक पनि पर्यटकहरू शैक्षिक, राजनीतिक, व्यावसायिक निर्माण, लगानी, जलयात्रा, उपचार, साहित्यिक जमघट आदि उद्देश्यले नेपाल आउँछन् ।

प्रत्येक वर्ष विभिन्न निकायले निकाल्ने सूचकांकमा नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिरहेको देखिन्छ । अबका दिनमा विदेशी पर्यटकहरूलाई नेपालमा सुरक्षाको चुनौति छैन भन्ने सन्देश दिन सकियो भने आन्तरिकसंगै बाह्य पर्यटकको संख्या बढाउन सकिन्छ ।

त्यसका लागि फेरीपनि पर्यटन क्षेत्रका व्यवसायीको ध्यान जानु जरुरी छ । नेपालीहरू खाली समय, चाडपर्व लगायत बिदाको समयमा घुमफिरमा समय बिताउन चाहन्छन भन्ने कुराको पुष्टी भैरहेको छ । अतः पर्यटन क्षेत्रमा रहेका चुनौती कम गर्दै नेपालका पर्यटन गन्तब्यको प्रचार प्रसारमा पनि ध्यान दिनेतर्फ अवको पहल जरुरी छ ।

पछिल्लो समय नेपालमा जसरी घुमघामको संस्कृति विकास हुँदैछ, त्यसले धेरै आशा सिर्जना गरेको छ । नेपालमा बार्षिक एक करोड पर्यटक भित्राउन कुनै गाह्रो छैन तर त्यसका लागि ठोस योजना र प्रतिबद्धता जरुरी छ ।

विश्वका बौद्धमार्गीलाई लुम्बिनी ल्याउने हो भने पनि करोडौं बुद्धिष्ठहरूको नेपाल गन्तब्य बन्न सक्छ । तसर्थ अव नेपालको पर्यटन क्षेत्रको विकासका लागि सवैको हातेमालो जरुरी छ ।

नेपाललाई पर्यटन क्षेत्रको गन्तब्य बनाउने सयौं ऐतिहासिक स्थलहरू छन । ती ऐतिहासिक स्थलको प्रचार प्रसार, संरक्षण र प्रवद्र्धन गर्नेतर्फ सरकारमात्र होइन स्वयं पर्यटन व्यवसायीको पनि ध्यान पुगोस् ।

नेपाल सरकारले पनि के बुझ्नुप¥यो भने नेपालको आर्थिक बिकासको प्रमुख मध्येको एक आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको योगदान नेपालको गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशत छ ।

नेपाललाई पर्यटन क्षेत्रबाटै आत्मनिर्भर बनाउन सकिन्छ । त्यसका लागि लुम्बिनी जस्तै नेपालका पर्यटकीय क्षेत्रको विकास गर्नु जरुरी छ । जेहोस नयाँ बर्षले दिएको खुसी यसैगरी सदैव कायम राख्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?