© 2026
भैरहवा । भैरहवास्थित सिबी पब्लिक हाई स्कूलले वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरेको छ । विद्यार्थीहरूको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले करिब १० वटा विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको थियो, जसबाट धेरै विद्यार्थीहरू सम्मानित भएका थिए । कार्यक्रममा विद्यार्थीहरूले नेपालको मौलिक भेषभूषा झल्कने नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरी वातावरणलाई थप आकर्षक बनाएका थिए । कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै हस्तलेखन, कुराकानी गर्ने शैली तथा अन्य अतिरिक्त क्रियाकलापहरूलाई समेत मूल्यांकनको आधार बनाएर पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयका सहायक प्रध्यापक उज्जली कुमारी सोनीले उक्त कार्यक्रमबारे विद्यार्थीहरूको समग्र व्यबहारिक शिक्षा र मानबिय विकासलाई लक्षित गर्दै कार्यक्रम गरेको जानकारी दिइन ्। उनले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न अघिल्लो वर्षको तेस्रो त्रैमासिक परीक्षा, अन्तिम परीक्षा तथा समग्र नतिजाका आधारमा पुरस्कार वितरण गरेको बताइन । यसै विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्रा सिद्धि पौडेलले नतिजा दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमप्रति खुसी व्यक्त गर्दै विद्यालयको पढाइ, शिक्षकहरूको व्यवहार र प्रयोगात्मक सिकाइको प्रशंसा गरिन्।
यसैगरी, अभिभावक तथा सामाजिक अभियन्ता कमला मल्लिक कार्कीले आफ्नी छोरी नर्सरीदेखि सोही विद्यालयमा अध्ययनरत रही हाल कक्षा ९ मा पुगेको बताई उनले विद्यालयको भौतिक संरचना सानो भए पनि शिक्षाको गुणस्तर उत्कृष्ट रहेको उल्लेख गरिन ्। त्यस्तै, अर्की अभिभावक शिला पौडेलले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूले बालबालिकाको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पु¥याएको र नतिजा पनि सन्तोषजनक रहेको बताइन्।
यसै अवसरमा २०८२ सालको वार्षिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो। विद्यालय प्रशासनका अनुसार यस वर्ष विद्यार्थीहरूको समग्र नतिजा र प्रदर्शन निकै राम्रो रहेको छ।