© 2026
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको एक कर्मचारीको साथबाट थप रकमसमेत बरामद भएको छ। सर्जमिन मुचुल्का मिलाइदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको आरोपमा मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा उनको साथमा रहेको झोलाको जाँच गर्दा स्रोत नखुलेको थप साढे ३ लाख रुपैयाँ बरामद भएको स्रोतले जनाएको छ। अख्तियारको टोलीले उनलाई शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका १३ स्थित होटल निर्मला बाट घुससहित रंगेहात पक्राउ गरेको हो।