Butwal Today

रास्वपाले संसदीय समितिका सभापति टुंग्याउँदै, ११ समितिमा आफ्नै दाबी

२ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संघीय संसद् अन्तर्गतका विषयगत समितिहरूको सभापति चयन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। यसका लागि पार्टीको संसदीय दलको बैठक बिहीबार सिंहदरबारमा बस्ने भएको छ।

रास्वपाले प्रतिनिधिसभा अन्तर्गतका १२ समितिमध्ये ११ वटा समितिको सभापति आफ्नै पार्टीबाट बनाउने योजना बनाएको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सभापतिहरूको टुंगो भोलि नै लगाइनेछ।

सार्वजनिक लेखा समितिको सभापति भने परम्पराअनुसार विपक्षी दललाई दिने तयारी गरिएको छ। तर, यसपटक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लाई नदिई अन्य साना दललाई दिन सकिने संकेत रास्वपाले गरेको छ। तर अन्य दलहरुले सभापतिमा आकंक्ष भने देखाएका छैनन सभापतिका लागि मनिष झा, गणेश पराजुली, हरि ढकाल, तोसिमा कार्की लगायतका सांसदको चर्चा छ। महिला तथा सामाजिक मामिला समितिको सभापति भने महिला सांसदलाई नै बनाइने तयारी छ।

रास्वपाले श्रम संस्कृति पार्टी सँग सहकार्य बढाउँदै सार्वजनिक लेखा समितिको सभापति सोही दललाई दिन सक्ने संकेत पनि कम छ। यसअघि उपसभामुखमा रुबीकुमारी ठाकुर लाई रास्वपाले समर्थन गरेको थियो। यता नेपाली कांग्रेस ले सभापति चयनबारे आफूहरूसँग औपचारिक छलफल नभएको जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले लेखा समितिमा खास चासो नराखेको बताएको छ।

संसदीय समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुने तय भएको छ भने प्रस्ताव दर्ता बिहीबार दिउँसो १ देखि ४ बजेसम्म गरिने छ । प्रतिनिधिसभा अन्तर्गत कानुन, अर्थ, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उद्योग, श्रम, पर्यटन, सार्वजनिक लेखा लगायत १२ वटा विषयगत समितिहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?