© 2026
काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन ।
गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा पर्नुभएका उनी आज रिहा हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन ।
उनी एउटा पानीजहाजमा क्याप्टेनका रूपमा कार्यरत रहेको उनको परिवारले बताएको थियो। मन्त्री खनालले बुधवार अपरान्ह उनी रिहा भएको जानकारी पाएको बताए। इरानस्थित नेपाली महावाणिज्यदूतावास र कतारस्थित नेपाली राजदूतावास झासँग सम्पर्कमा रहेको पनि मन्त्री खनालले जानकारी दिएका छन्। अधिकारीको टोली इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन ।