Butwal Today

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छन् ।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?