© 2026
बुटवल । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आज दिउसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ। देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
यस्तै भोलि २०८२ चैत्र २५ गते (बुधबार) दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको केही स्थानहरुमा तथा बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।