Butwal Today

आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

बुटवल । आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो ।

सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो ।

‘पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने’, मन्त्रिपरिषद्‌को निर्णयमा भनिएको छ ।

त्यस्तै बैठकको निर्णयको अर्को बुँदामा भनिएको छ, ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?