© 2026
भैरहवा। नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुर कुमार श्रेष्ठ भारी मत सहित विजयी भएका छन । शनिबार भैरहवामा सम्पन्न महासंघको आठौ प्रदेश सभा तथा अधिवेशनमा श्रेष्ठले चन्द्रौटाका जमसेर अलि मियालाइ पराजित गरेका हुन ।
महासंघको एसोसिएट तर्फ १०२ मत खसेकोमा श्रेष्ठले ९६ मत पाउँदा मियाले ६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि जिल्ला/नगर तर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाले १२ मत प्राप्त गरे भने वस्तुगत तर्फ खसेको एउटै मत पनि श्रेष्ठलाई नै गएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला नगर उपाध्यक्षमा दाङका टंक सिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन । यसै गरि कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाबाट बद्रीनाथ बराल, प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएको आचार्यले बताए। एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन। ११ सदस्यीय रहने समितिमा एक जना महिला सहित २ जना मनोनीत गरिनेछ ।