Butwal Today

मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार, केहीबेरमा मन्त्री पदबाट राजीनामा दिई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका छन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

स्रोतले भन्यो, “लगभग उहाँ उम्मेदवार बन्ने निश्चित भएको छ । ललितपुर–२ बाट नै उठ्नुहुन्छ ।”

फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।

आजै खेलकुदमन्त्री बब्लु गुप्ता र यसअघि उर्जामन्त्री कुलमान घिसिङले पनि राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?