Butwal Today

प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने

४ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

 प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गर्ने भएकी छन् ।

आइतबार दिउँसो चार बजे बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । यो जानकारी उनका प्रेस सल्लाहकार राम रावलले दिएका हुन् ।

रावलले रातोपाटीसँग भने, ‘निर्वाचन आचारसंहिता लागू हुने समय भएको छ । आचारसंहिता लागू भएपछि सरकारले के गर्ने र के नगर्ने भन्ने विषयमा आयोगका पदाधिकारीहरूले ब्रिफिङ दिने कार्यक्रम छ । त्यसबाहेक अरू केही विषय समावेश छैन ।’

निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने जनाएको छ । नेपाली कांग्रेसको आन्तरिक विवादपछि कांग्रेसका शेरबहादुर समूहले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् र निर्वाचन आयोगमा माघ ६ गतेको मनोनयन स्थगन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?