ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

‘महिला सहभागिताको बाधक महिलाभित्रै रहेको डर, संकोच र मौनता’

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

बुटवल। निर्वाचनमा महिलाको सहभागिता किन अझै कमजोर छ ? यो प्रश्न रुपन्देहीको तिलोत्तमामा शुक्रबार सम्पन्न निर्वाचन प्रणाली र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यशालामा बारम्बार उठ्यो।

संयुक्त महिला संगठनको आयोजनामा भएको कार्यक्रममा ६ दलका ५४ जना महिला प्रतिनिधिहरूले बाह्य अवरोधभन्दा पनि महिलाभित्रै रहेको डर, संकोच र मौनतालाई ठूलो समस्या मानेका छन्।

कार्यक्रमका सहजकर्ता सविधानसभा सभा सदस्य डा. विन्दा पाण्डेले महिलाहरू उम्मेदवार बन्ने अवसर आफैँ गुमाइरहेको बताइन्। उनले महिला पदको मात्र होइन, एजेन्डाको उम्मेदवार बन्नुपर्नेमा जोड दिइन्। पाण्डेले दाबी नगरी अधिकार नपाइने बताउदै हरेक दलमा आवद्ध महिलाहरु देखाउन होइन लेखाउन सक्ने गरि पदाधिकारीमा उम्मेद्बारी दिन आग्रह गरिन्।

यस्तै राष्ट्रिय सभा सदस्य रेणु चन्दले चुनावको समयमा फैलिने मिस इन्फर्मेसन र डिस इन्फर्मेसनले महिलालाई झन् कमजोर बनाउने बताइन्।

उनले उम्मेदवारले आफूले गर्न सक्ने प्रतिबद्धता मात्रै राख्नुपर्ने र रणनीति, टिम तथा समय व्यवस्थापन गरेर चुनावी मैदानमा उत्रिनुपर्ने सुझाव दिइन्।

पैसाको अभावलाई बहाना बनाएर चुनावबाट पछि हट्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो। अनेमसंघ केन्द्रिय महासचिव पेम्बा लामाले महिलाहरू डरका कारण एस म्यान बन्न बाध्य भइरहेको गुनासो गरिन्। महिला आन्दोलनबाट आएका धेरै नेतृहरू अझै पनि घेराबन्दीमै सीमित रहेको उनको टिप्पणी थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाले पाएको ३३ प्रतिशत सहभागिता कागजमै सीमित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । नियमावलीअनुसार बन्नुपर्ने समन्वय समिति नबन्नु र महिलाहरू एकजुट भएर माग राख्न नसक्नु महिला आन्दोलनकै कमजोरी भएको बताए।

नेतृत्वमा रहेका पुरुष रिसाउने हो कि, आफूले पाएको अवसर गुम्ने हो कि भन्ने डरले महिला नेताहरू अझै खुल्न नसकेको सहभागीहरूले आरोप लगाए ।

यही डर र मौनताले महिला आन्दोलन इतिहासमै कमजोर बन्ने र भोलिका पुस्ताले अझ ठूलो मूल्य चुकाउनुपर्ने खतरा रहेको उनीहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?