ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

विशेष महाधिवेशनमा २ करोड खर्च अनुमान, होटलका १५ सय कोठा बुकिङ

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको विशेष महाधिवेशन पुस २७–२८ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । महाधिवेशनका लागि करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विशेष महाधिवेशनका लागि १२ वटा व्यवस्थापन उपसमितिले तयारी तीव्र पारेका छन् । खाना, आवास, मञ्च निर्माण र यातायात व्यवस्थापनमा खर्च हुने भएको छ ।

खाना तथा आवास व्यवस्थापन उपसमितिका प्रमुख रमेश धमलाले सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल र लैनचौरका होटलमा १५ सय कोठा बुक गरिएको बताए ।

डबल बेडको कोठा प्रति दिन १५ सय रुपैयाँ दरले तीन दिनका लागि बुक गरिएको छ । आवासमा मात्र ६७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पुस २७ गते बिहान र साँझ खाना व्यवस्था हुनेछ भने पुस २८ गते बिहान ब्रेकफास्ट र दिउँसो खाना उपलब्ध गराइनेछ । खाना व्यवस्थापनको जिम्मा यराकल क्याट्रिनलाई दिइएको छ, जसमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले मञ्च निर्माणमा ८ लाख रुपैयाँ खर्च हुने बताए । ‘आजबाट मञ्च निर्माण सुरु भएको छ । भोलि साँझसम्म तयार हुनेछ । सात–आठ लाखमा मञ्च बन्ने अनुमान छ,’ उनले भने ।

यातायात व्यवस्थापन उपसमितिका संयोजक माधव ढकालका अनुसार महाधिवेशन प्रतिनिधिले आफ्नै खर्चमा उपस्थित हुनेछन् । तर जिल्लाका नेताहरूको आग्रहमा काठमाडौँबाट गाडी उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसले विशेष महाधिवेशन स्वीकार नगरेकाले पार्टीको कोषबाट खर्च हुने छैन । त्यसैले सबै खर्च प्रतिनिधिको व्यक्तिगत योगदानबाट व्यवस्थापन गरिएको धमलाले जानकारी दिए ।

उनले भने, ‘महाधिवेशनका लागि कसैसँग चन्दा मागिएको छैन । १० लाख कमाउनेले ५० हजार र २० लाख कमाउनेले एक लाख हालिसकेका छन् । यसरी चार–पाँच सय जना योगदानकर्ता छौं, दुई–तीन करोड रुपैयाँ सहजै जुट्नेछ ।’

विशेष महाधिवेशनमा दर्ता शुल्क राखिएको छैन । महाधिवेशन प्रतिनिधिलाई निःशुल्क झोला प्रदान गरिनेछ र हलभित्र प्रवेश स्वतन्त्र हुनेछ ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमाणि आचार्यका अनुसार २१ वटा उपसमितिले तयारी तीव्रताका साथ गरिरहेको छ । उनले भने, ‘५४ प्रतिशत हस्ताक्षर भएको अवस्थामा २५ जनाले फिर्ता लिए पनि करिब ५ सय जना प्रतिनिधि थपिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?