ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

मगर संघ रुपन्देहीको माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे संक्रान्तिको अवसर पारेर शुक्रबार बुटवलमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरुका साथै खानाका परिकारहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मगर भाषा र संस्कृतिको संरक्षणका लागि उपमहानगरले जोड दिएको उल्लेख गरे।

मगर लगायत आदिवासीहरुको भाषा, संस्कृति संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था तथा नीति कार्यक्रम लागू गरिएको उनले बताए।

नगर प्रमुख पाण्डेयले मगर लगायत विभिन्न जातिको भाषामा नागरिक वडापत्र सार्वजनिक गर्नुका साथै परम्परागत चाडपर्वहरुलाई संरक्षण गर्नका लागि तालिम तथा व्यवसायिक सीपको विकासमा समेत जोड दिएको बताए।

मगर समुदायहरुले जातीय पहिचानलाई संरक्षण गर्दै नेतृत्व तहमा पुगेर सबै सबै समुदायको सम्मान र सहअस्वित्वलाई समेत कायम राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दलबहादुर बिरकट्टा मगरले राज्यको नीति निर्माण तहमा मगर समुदायको सहभागिता बढाउनका लागि एक हुन आह्वान गरे।

माघे संक्रान्ति मगर समुदायको महत्वपूर्ण चाड भएको उल्लेख गर्दै उनले यस्ता विभिन्न चाड पर्व र परम्पराहरु बारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट सहभागीहरुले मगर संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए। सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र राना, समाजसेवी झमबहादुर गुरुङ, हुम सुनारी, मगर संघ बुटवल नगर समिति अध्यक्ष बसन्ती साठीघरे, कलाकार टेरिया फौजा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही सचिव राधिका श्रीसको सञ्चालन तथा थर्कबहादुर बाह्रघरे मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?