ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

काठमाडौँ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ ।

आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक रहँदा पनि अन्तिम समयमा आएको सुधारले नेप्से परिसूचक बढाएको हो ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरि ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिदबिक्री भएका थिए ।

आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आजको बजारमा साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ । त्यस्तै, एसबाई प्यानलको मूल्य ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको मूल्य ३.९० प्रतिशतले घटेर आजको सर्वाधिक गिरावट देखिएको छ ।

बजारमा बैंकिङ समूहसहित सत समूह सकारात्मक रहेका छन् भने ६ समूहमा गिरावट आएको छ । सबै समूहमा एक प्रतिशतभन्दा कमको उतारचढाव देखिएको छ ।

कारोबार रकमको आधारमा आज सायपत्री हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यस कम्पनीको २० करोड ६ लाख ३२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख र साञ्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?