ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

१० दिनमै १ खर्ब ३० अर्ब तान्यो राष्ट्र बैंक, इतिहासकै न्यून ब्याजदरमा पनि लगानी बढेन

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज पनि एक वर्षका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता प्रवाह भइरहेको कारण केन्द्रीय बैंकले लगातार ऋणपत्र निष्कासन गर्दै आएको हो ।

राष्ट्र बैंकले पछिल्ला १० दिनमा ६ वटा ऋणपत्र जारी गरी बैंकिङ प्रणालीबाट कुल १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४, पुस १६, पुस २० र पुस २२ गते २५ अर्ब रुपैयाँ दरका तथा पुस २३ गते २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा साढे दुई वर्षअघिदेखि ऋण दिन मिल्ने रकम, अर्थात् अधिक तरलता, लगातार बढिरहेको छ । हाल बैंक तथा वित्तीय संस्थामा त्यस्तो रकम ११ खर्ब २२ अर्ब रुपैयाँ नाघिसकेको छ ।

चालू आर्थिक वर्षको शुरुआती पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेर ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । सामान्य अवस्थामा ब्याजदर उच्च हुँदा निक्षेप सङ्कलन बढी र कर्जा प्रवाह कम हुने गर्छ । तर अहिले ब्याजदर लगातार घटेर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढ्न सकेको छैन ।

व्यवसायीहरूको अनुसार निजी क्षेत्रले लगानीका लागि विश्वसनीय वातावरण उपलब्ध भएको महसुस गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर अर्थतन्त्र शिथिल भइरहेको छ । हाल लगानी, उत्पादन, पूँजी निर्माण, रोजगारी र वस्तु तथा सेवाको माग सबै पक्ष शिथिल बन्दै गएको व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?