ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

रवि,बालेन सहकार्य: स्वार्थको मिलन कि राजनीतिक बाध्यता ? 

२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिच भएको सात बुँदे सहमतिले देशको राजनीतिक माहौल तातिएको छ । रवि लामिछाने पत्रकारिता क्षेत्रबाट पपुलर हुँदै राष्ट्रिय राजनीतिमा छिरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको तीन वर्षभन्दा केही समय मात्र धेरै भएको छ । पार्टी गठन भएको ६ महिनामै राष्ट्रिय राजनीतिमा चौथो ठुलो दलको रूपमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दलमा देखिएको विकल्प र वितृष्णाको नतिजा स्वरूप राष्ट्रिय राजनीतिमा उदाएको थियो ।

छोटो समयमै गृहमन्त्रीसहित उपप्रधानमन्त्री समेत यो पार्टीले प्राप्त गरेको थियो । उता बालेन शाह भने गायन र ¥यापको क्षेत्रबाट स्वतन्त्र मेयरको रूपमा काठमाडौँ महानगरपालिकामा दुई प्रमुख ठूला दलका उम्मेदवारलाई हराउँदै निर्वाचित भएका थिए । आउनुहोस् रवि बालेन मिलनको अन्तरङ्गबारे चर्चा गरौं ।

रास्वपाका सभापति रवि लामिछानेको राजनीतिक यात्रा लोभलाग्दो देखिएपनि उनीमाथि लागेका कानुनी प्रश्नहरूले उनको भविष्यलाई पेचिलो बनाएको छ । अमेरिकाबाट नेपाल आइसके पछाडि पत्रकारितामा उनले राम्रै सफलता प्राप्त गरेका थिए ।

त्यसैको आडमा राजनीतिमा होमिएका लामिछानेले केही समयमा नै सहकारी ठगी र अन्य विभिन्न प्रकरणमा विभिन्न आरोपहरूको सामना गर्नुप¥यो । यस पछाडि काठमाडौँ, चितवन, रूपन्देही र कास्कीमा उनी विरुद्ध सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दर्ता भएको छ भने पर्सामा मुद्दा दर्ता प्रकियामा छ ।

विगतमा पुर्पक्षको लागि थुनामा परी जेन्जी आन्दोलनको समयमा बाहिर निस्केका रवि लामिछाने केही समय पछाडि फेरि कारागार फिर्ता भएका थिए । हाल तुलसीपुर उच्च अदालत बुटबल इजलासको आदेशले रवि लामिछाने थुनामुक्त भएका छन् ।

जनतामा रहेको नयाँले केही गर्छन् भन्ने हुटहुटी साथै पुराना दलप्रतिको वितृष्णा र उनीहरूको आंशिक असफलताको कारणले गर्दा जनमत नयाँतर्फ ढल्किने देखिन्छ । साथै जेन्जी आन्दोलनको पछाडि पुराना दलहरूलाई राष्ट्रिय मूलधारमा आउन गाह्रो परेको देखिन्छ ।

बालेन शाह मेयरमा निर्वाचित भइसके पछाडि खासै पब्लिकसँग जोडिएको देखिँदैन । अन्तर्वार्तादेखि सभा सम्मेलनमा उनले निकै कम भाषण गरेको देखिन्छ । देशको शासनसत्ता सञ्चालन गर्ने सम्बन्धमा शासन प्रणाली, विकासको मोडल, सङ्घीयता, धर्मनिरपेक्षता सम्बन्धमा उनको विचार के हो भन्ने विषयमा केही जानकारी छैन ।

उनको निर्देशनमा दर्ता भएको भनिएको देश विकास पार्टीको कुनै संगठनिक संरचना समेत देखिँदैन । उनको पपुलारिजमको मुख्य संयन्त्र भनेकै सामाजिक सञ्जाल हो । यसैको आधारमा उदाएका बालेनले रविसँग राम्रै बार्गेनिङ गरेका छन् ।

यदि फागुन २१ मै चुनाव भएको खण्डमा बालेन शाहलाई उनले खोलेको भनेको देश विकास पार्टीको संगठन निर्माण गरी देशैभरिबाट मत प्राप्त गर्नु कठिन विषय देखिन्छ । साथै उनीमथि जेन्जी आन्दोलनको समयमा तोडफोड, आगजनी तथा सिंहदरबार जलाउन उनको अदृश्य भूमिका रहेको आरोप छ ।

विगतमा उनले लेखेका स्टाटसहरूको आधारमा पनि यो आँकलन गरिएको हुनसक्छ । अव आउने यो अवसरलाई यत्तिकै खेर जान दियो भने ५ वर्ष यत्तिकै बस्नुपर्ने हुनसक्छ । उनी एकल रूपमा त जहाँबाट चुनाव लडे पनि जित्न सक्थे होला तर सरकारै बनाउने गरी उनको उपस्थिति हुने थिएन । बालेन रास्वपासँग मिल्नुका मुख्य दूई तीनवटा कारणहरू निम्न हुन सक्छन् ।

१. विगत तीन वर्षमा रास्वपाले केही संगठन निर्माण गरेको छ । उसका मतदाता पनि छन् । आफै रास्वपामा मिसिएर पदको बार्गेनिङ गरेसँगै रास्वपामा भएका जनताको भोट र आफ्ना व्यक्तिगत भोटहरू पनि उनले प्राप्त गर्नेछन् । किनकी चुनावपछि उनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेगरी सहमति गरिएको छ । प्रधानमन्त्रीकै रूपमा प्रचार भएर अघाडि बढ्नु ब्यत्तिगतरूपमा बालेनलाई फाइदामन हुनेछ ।

२. उनलाई राम्रोसँग थाहा छ रवि लामिछाने मुद्दा मामिलाहरू झेलिरहेका छन् । राहधानी दुरूपयोग सम्बन्धी मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा उनी विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । यही कारणले रवि लामिछानेले चुनाव जिते पनि उनी सार्वजनिक रूपमा पद धारण गर्न सक्ने छैनन् ।

३. यसभन्दा अगाडिको प्रतिनिधि सभामा संसद हुँदैगर्दा रवि विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा परिसके पछाडि उनलाई सांसद पदबाट निलम्बन गरिएको थियो । अबको चुनावपछि पनि सोही कुरा दोहोरिनेमा बालेन सचेत देखिन्छन् । यदि रास्वपा ठुलो दल भएर आएमा, पार्टीभित्र कुनै खिचातानी नआएमा सात बुँदे सहमतिमा भएको सर्त बमोजिम बालेन शाह प्रधानमन्त्री बन्नेछन् । सैद्धान्तिक र वैचारिक भन्दा पनि प्रधानमन्त्री बन्ने इच्छाले बालेनले रविसँग सहमति गरेको देखिन्छ । नत्र भने थोरै समय अघिसम्म बालेनले रास्वपालाई समेत सञ्जाल मार्फत गाली गर्दै आइरहेका थिए ।

अब आउनुहोस् रवि बालेनसँग मिल्नुका मुख्य केही कारणहरू खोतलौं ।

१.रवि लामिछानेलाई पनि राम्रोसँग थाहा छ चुनाव जितेपछि पनि मुद्दा मामिलाको कारणले उनी पदमा रहन सक्ने छैनन् ।

२.यहाँनिर उनले एउटा फाइदा पक्कै खोजेका छन् । यदि रास्वपा ठुलो दल या बार्गेनिङ गर्न सक्ने दलको रूपमा स्थापित भएमा उनले आफू विरुद्ध चालिएका मुद्दाहरूलाई फिर्ता गराउने र आफूलाई चोख्याउने र राजनीतिमा अगाडि बढ्ने सोच राखेका हुनसक्छन् ।

३.हालको लागि रविलाई प्रधानमन्त्री भन्दा पनि यो मुद्दा मामिलाको झमेलाबाट बाहिर निस्कनु ठुलो राहत हुनेछ । त्यसैले उनले प्रधानमन्त्री समेत छोड्न तयार भएका छन् । तर भविष्यमा सबै सहमति कार्यान्वयन नहुन पनि सक्छन् ।

४.रवि विरुद्ध अदालतमा धेरै मुद्दा विचाराधीन भएको कारणले गर्दा कुनै एउटा अदालतबाट सफाई पाएपनि अर्को अदालतबाट सफाई नपाउने परिस्थिति निर्माण हुन सक्छ । कुनै दुई तीनवटा अदालतबाट नै सफाई पाएपनि उच्च हुँदै सर्वोच्चसम्म मुद्दा पुग्ने भएको हुनाले उनले धेरै मुद्दाहरूको सामना गर्नुपर्नेछ । त्यसैले कुनैपनि बेला उनको प्रतिकुल हुनेगरी फैसला आउन सक्ने अवस्था छ । यो अवस्थालाई लामिछानेले राम्रोसँग बुझेका छन् ।

५.जेन्जी आन्दोलनताका बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा जेन्जीहरूले समर्थन गरेका थिए। हालको लागि समग्ररूपमा हेर्दा बालेन शाहको फ्यान फ्लोइङ्ग रवि लामिछानेको भन्दा माथि देखिन्छ । त्यसैले रवि लामिछानेले बालेन शाह र बालेन शाह समर्थितहरूको भोटले आफ्नो पार्टीलाई ठुलो पार्टी बनाउन सक्ने सम्भावना हुन सक्छ भन्ने कुरा रवि लामिछानेले राम्रोसँग बुझेका छन् ।

दुवैजना पात्रहरू ग्राउन्ड रियालिटी भन्दा सामाजिक सञ्जालको प्रभाव र पपुलारिजमको कारणले अगाडि आएका हुनाले उनीहरूले सोचेजस्तो आम भोट नपाउन पनि सक्छन् । रास्वपाले उदारवादको कुरा गर्छ भने बालेनको विचारधारा अझै स्पष्ट छैन ।

दुई फरक पृष्ठभूमि र विचारधारा (वा विचारधारा विहीनता) भएका शक्तिहरू मिल्दा नीतिगत स्पष्टता कसरी हुन्छ भन्ने प्रश्न बाँकी नै छ । अर्कोतर्फ बालेनका समर्थक र रास्वपाका कार्यकर्ताबीचको भावनात्मक मिलन कत्तिको सम्भव छ ?

किनकि बालेनका धेरै समर्थकहरू दलीय व्यवस्थाप्रति नै वितृष्णा राख्छन् । जेन्जी आन्दोलन पछाडि बालेन शाहको साख गिर्दै गएको देखिन्छ । त्यही कारणले पनि उनीहरूले चाहेजस्तो मत प्राप्त नहुन सक्छ ।

यो मिलनपछि कांग्रेस–एमाले जस्ता ठूला दलहरूले चाल्न सक्ने सम्भावित कदमले पनि ठुलो प्रभाव पार्नेछ । राजनीति सधै सिधा र सोझो बाटोमा हिँड्दैन् । सो कुरा नेपालमा हुनेगरेका राजनीतिक खिचातानीले देखाइसकेका छन् ।

किनकी सत्ताको लागि कुनैपनि दल कुनैपनि दलसँग मिलेको हामीले देखेका छौं । बालेन शाहलाई रास्वपामा भित्राउने, बालेन शाहसहित समर्थकहरूको समेत भोट लिने तर बालेन शाहले नै चुनाव हार्ने स्थिति भयो भने सबभन्दा धेरै फाइदा रविलाई नै हुनेछ ।

राजनीतिमा यस्तो तिगडम हुँदैन भन्न सकिँदैन । अर्कोतर्फ बालेनले पनि रवि मुद्दा मामिलाको कारणले झमेलामा पर्ने हुँदा कुनैपनि सार्वजनिक पद धारण गर्न नसक्ने हुनाले रास्वपामा आएको मतको र प्राप्त हुने पदको क्रेडिट लिन खोजेको देखिन्छ । यसरी हेर्दा धैरै हदसम्म दुवैजना आफ्नो आफ्नो व्यक्तिगत फाइदा र स्वार्थको कारणले मिलेको देखिन्छ । थोरै अगाडि बढ्दै जाँदा उनीहरूको स्वार्थमा तलमाथि भएमा यो ७ बुँदे सहमति पनि कार्यान्वयन हुने देखिँदैन ।

प्रभावः
यी नयाँ र वैकल्पिक भनिएका दुई शक्तिबीचको मिलनले सकारात्मक सन्देश पनि दिएको छ । र, यसले दिएको मुख्य सकारात्मक पक्ष भनेको यसभन्दा अगाडि ठूला दलहरूले सञ्चालन गर्ने शासनको तरिका र अदालत लगायत राज्यका महत्वपूर्ण संस्थाहरूमा गर्दै आएको दलीयकरणमा लगाम लाग्ने देखिन्छ ।

र, पुराना दलहरूलाई पनि यो गम्भीर परिस्थितिको आँकलन गरी आफूलाई अझ परिस्कृत रूपमा अगाडि बढाउन बाध्यतात्मक अवस्था सृजना भएको छ । जसले गर्दा उनीहरूलाई केही हदसम्म फाइदा हुनेछ । पुराना दलमा रहेका केही नेताहरूले राजनीतिबाट विश्राम लिएको घोषणा गरिरहेका छन् । त्यसले पनि नयाँलाई भित्र छिर्न सहयोग पुग्नेछ ।

रास्वपा र बालेनले गरेको सात बुँदे सम्झौतामा प्रधानमन्त्री र पार्टीको पद बाँडफाँडमा केन्द्रित रहेको देखिनाले पुराना दलहरूलाई नयाँ दलले लगाउदै आएको भागबण्डाको राजनीतिको आरोप नयाँ दललाई पनि लाग्ने देखिन्छ ।

सातबुँदे सहमतिमा बुँदा न. २ बाहेक कुनैपनि बुँदा आम जनता र देश हितको लागि भएको देखिदैन । अर्कोतर्फ हालसम्म बालेन शाहलाई कुनैपनि प्रकारको मुद्दा मामिला या झन्झट परेको छैन । उनी स्वच्छ रूपमै अगाडि बढेका थिए तर रास्वपा प्रवेश पछि रवि लामिछानेले माथि लाग्दै आएको आरोपको भारी पनि अब बालेन शाहले खेप्नुपर्ने हुनसक्छ ।

अर्कोतर्फ सबै वैकल्पिक शक्तिहरू पनि एकै ठाउँमा आएका छैनन । हर्क र कुलमानहरूका पार्टी अझै बाहिर नै छन् । यसै कारण भनेजस्तो नतिजा नआउन पनि सक्छ । तर एउटा फाइदा पक्कै भएको छ । दलहरूमा प्रतिस्पर्धात्मक भावना बढेको छ ।

सुशासन र जनजीविकाका आम विषयहरूमा सबै दलहरूले सकारात्मक रूपमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । जुन पार्टी दल वा व्यक्तिले जितेपनि आम जनताले चाहेको सुशासन, न्यायिक समानता, विकास र भ्रष्टाचारको अन्त्य भई देश विकास भएको खण्डमा सबैको जित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?