ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

अर्घाखाँचीमै पहिलो पटक सन्धिखर्क ग्रिनले पायो आइएसओको लोगो

२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

अर्घाखाँची २३ पुस ।

अर्घाखाँचीको सन्धिखर्क  २ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय स्तरको  गुणस्तरीय शिक्षा प्रदान गर्ने आइएसो लोगो प्राप्त गरेको छ ।

सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुल अर्घाखाँचीकै गुणस्तरीय शिक्षा प्रदान गर्ने जिल्लाकै अब्बल विद्यालय हो । मन्टेश्वरी देखि कक्षा १० सम्म अध्यापन हुने यस विद्यालयमा १३  सय बढी  विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद भुसालले बताए ।

आज एक भव्य कार्यक्रमका बिच लोगो हस्तान्तरण गरिएको छ । कार्यक्रमको समुद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँचीमा पहिलो पटक ग्रिन बोर्डिङले अन्तर्राष्ट्रिय स्तरको  लोगो प्राप्त गरेको बताउँदै धन्यवाद दिए ।

उनले गुणस्तरीय शिक्षा प्रदान गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई आग्रह गरेका छन् ।  आइएसो सर्टिफिकेट मान्यता प्राप्त गर्ने प्रक्रियाको चरणमा आइएसो लोगो प्राप्त गर्ने सूचक पूरा गरेको भन्दै आइएसोका नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालयलाई लोगो प्रदान गरेका हुन् ।

आइएसो लोगो हस्तान्तरण कार्यक्रममा शिक्षा समन्वय इकाईका प्रमुख विष्णुराज वेल्वासेले विभिन्न सूचक पूरा गरि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न थालेको बताउँदै शिक्षाको गुणस्तर वृद्धि हुने बताएका छन् ।

विद्यालयले आइएसो अन्तर्राष्ट्रिय स्तरको  गुणस्तरीय शिक्षा तथा आइएसो प्रमाणपत्र प्राप्त गर्न आवश्यक मापदण्ड पूरा गरि अगाडि बढ्ने प्रक्रिया अन्तर्गत लोगो प्राप्त गरेको  विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, सहायक प्रधानाध्यापक नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका कम्पनी रजिष्टारका अध्यक्ष हुम प्रसाद बन्जाडे, एन प्याव्सनका प्रदेश सदस्य विष्णु शर्मा , शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमल प्रसाद घिमिरे, निवर्तमान अध्यक्ष तुल्सीराम खनाल, लगायतले  मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?