ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

कुलमान, रवि र वालेनको मिलनले तरङ्ग आउला ? 

२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

नेपालमा केही समयअघि भएको विद्रोहपछि चुनावी नयाँ सरकार बनेको त हामी सबैलाई विदित नै छ ।

हुन त त्यतिखेरको विद्रोह मार्फत हामीमा देशमा ठुलै परिवर्तन होला भन्ने थियो तर त्यस अनुसार हुन सकेन । राजनीतिका विश्लेषणकर्ताहरूले र त्यस वेला सरकारमा भएकाहरूले त्यतिखेरको सरकार परिवर्तनको विश्लेषण के के आधारमा गर्नुभएको छ खै, तर नेपाली जनताले त्यो विद्रोहलाई सामान्य प्राकृतिक कारणकै हिसाबले हेरेका छन् ।

त्यस खालका विद्रोहमा केही घुसपैठ त अवश्य भए, तर पनि बाहिर भनिएजस्तै केपी ओलीको शासनका कारणले मात्र विद्रोह भएको नभई त्यस विद्रोहको कारण चाहिँ त्यस अघिका सरकारहरूका पनि कार्य एवम् देशमा भएको संरचनात्मक परिवर्तनका कारणले हुन गएको भ्रष्टाचार नै मुख्य मानिएको छ ।

देशमा पहिलेदेखि नै शासन गरिरहेका दलहरूले सङ्घीयतायुक्त संविधान बनिसकेपछि देशमा विकासको लहर चली नेपाल नै नयाँ नेपालका रूपमा समृद्ध हुन जानेछ भन्ने आशा देखाएका तर त्यस अनुसारको काम त कता हो कता उल्टो देश नै झन् गम्भीर अवस्थामा जानु पनि विद्रोहको कारण थियो । हुन त देशमा विकास हुँदै नभएको भन्ने चाहिँ थिएन ।

तुलनात्मक रूपमा विकास त भइरहेको थियो । तर त्यो साह्रै मन्द गति र पूर्ण भ्रष्टाचारले सुसज्जित थियो । जता गयो आशाभन्दा निराशा व्याप्त थियो । छिमेकी मुलुकहरूसँगको कूटनीति पूर्ण असफल जस्तै भएको थियो ।

आफूहरूले काम गर्न नसक्ने अनि उल्टो छिमेकीलाई दोष दिइँरहँदा त्यो कुरो जनतालाई पाच्य भइरहेको थिएन । उत्तर र दक्षिणतिरका देशहरू विश्वमा आर्थिक दृष्टिकोणले अगाडि गइसकेका अवस्थामा नेपाल झनै पछाडि सरिरहेको थियो ।

समग्रमा भन्नुपर्दा यहाँका विकासप्रेमी, देशप्रेमी एवम् धर्म संस्कार र संस्कृतिप्रेमी सबै जनता देशका पुराना राजनैतिक दलको कार्यबाट सन्तुष्टि त कता हो कता भित्रैदेखि नै नकारात्मक अवस्थामा गइसकेका थिए ।

देशका जनता दिन प्रतिदिन आफ्नो प्यारो देश छोडी सधैका लागि विदेशमैँ बसोबासका लागि स्थानान्तरण भइरहेका देखिएका थिए भने यहाँ अर्को मुलुकबाट आएका शरणार्थीहरूलाई नागरिकता दिँई यहाँ मूलवासीका रूपमा उनीहरूलाई परिभाषित गर्न थालिसकिएको थियो ।

धर्म परिवर्तनले व्यापकता लिइरहेको थियो । यसरी समाजमा मिलिरहेका जनता एक आपसमा धार्मिक, सांस्कृतिक एवम् सामाजिक रूपमा पनि विखण्डित भइरहेका थिए । त्यसैले पनि त्यो अवस्थालाई चिर्नका लागि सच्चा नेपालीले त्यतिखेर भएको विद्रोहलाई जसले गरेको भएपनि ठिकै वेला भयो भनी पूर्ण समर्थन गरेका थिए ।

तर त्यसपछि बनेको सरकाले संविधान र कानूनका कारणले काम गर्न नसकिएको भन्दा भने मन्त्रालयमा गएका केही मन्त्रीहरूको कार्यशैलीले केही आशा जगाएपनि जनता पुनः निराशातिर गइरहेका देखिन्थे ।

यस्तो अवस्थामा जनताले केही समयदेखि नै रुचाएका व्यक्तिहरूको मिलनले भने राजनैतिक रूपमा तरङ्ग त ल्याएको छ नै जनतामा पनि केही आशा भने पलाएको देखिन्छ । हुन त हाम्रा केही दलीय अन्ध प्राज्ञिक वर्गले उनीहरूलाई विभिन्न ट्याग लगाउन पनि पछि पर्दैनन् ।

हो यी तीनैजना नेपालको विकास, यहाँका सनातन धर्म, संस्कृति, संस्कार अनुरूप गर्छन् गर्दैनन् त्यो हेर्न बाँकी नै छ । तर आफ्ना भनिएका दलहरूले धर्म निरपेक्षता र संघीयतामार्फत् देशलाई यो अवस्थामा लैजाँदा पदीय लोलुपताका कारणले चुइँक्क नबोल्ने तर यिनीहरूका विषयका हल्कामात्र पनि प्रसङ्ग चले भने पनि ज्वरो आउने गरेको देखिएको थियो ।

भरखरको यिनीहरूको मिलनले त झनै के हुने हो त्यो प्रतिक्रिया त पर्खन बाँकी नै छ । तर नेपाली जनता यो दल त्यो दल या यो मान्छे त्यो मान्छे भन्दापनि राम्रो मान्छेको खोजीमा भएका हुनाले यिनीहरू मिल्दा सकारात्मक हुनुलाई सकारात्मक तरिकाले नै बुझ्नु पर्दछ ।

त्यसैले प्रसङ्ग अनुसार नै कुलमानप्रतिको आशाको प्रमुख कारण भनेकै कुलमान घिसिङ्गको विद्युत् प्राधिकरण मार्फत गरेको विद्युत् विकास हो भने उनको वर्तमान सरकारमा रहेर गरेको कार्य पनि मुख्य रहेको छ । उनी सरकारमा गएको छोटो समयमा नै भौतिक मन्त्रालयमार्फत् गरेको कार्य नै उनले केही गर्न सक्लान् भन्ने आशा जनतामा जाग्नुको प्रमुख कारण हो ।

त्यस्तै काठमाडौँ नगरपालिकाका प्रमुख वालेन साहप्रतिको सकारात्मक सोँचाई पनि उनी विभिन्न चुनौतिहरूलाई चिर्दै अगाडि बढिरहेकाले नै हो । उनको विकासको मोडल महानगरपालिकाभित्र जनताका लागि प्रत्यक्ष भई पुरानो काठमाडौँ र नयाँ काठमाडौँको विकास मोडल नै जनताका लागि प्रत्यक्ष देखिएकाले उनले वेलावेलामा बोल्ने विवादित विषयलाई जनताले गौँड सम्झेका छन् ।

परिस्थितिजन्य वोली सम्झेका छन् । वोलीको कारण वालेन नभई वालेनलाई अनावश्यक रूपमा दुःखदिनेहरू भन्ने बुझेका छन् । उनको कामगर्ने शैलीका लागि जनता अत्यन्त प्रभावित भएका देखिन्छन् ।

अझ उनले गर्न खोजेका विकास मोडेलमा पार्टीगत हिसाबले भएका अवरोधले उनलाई सहानुभूति दिनेहरू झनै बढेको देखिन्छ । यी भरखर बताइएका प्रमुख दुई पात्रलाई असहयोग गर्दाको परिणाम नै निवर्तमान सरकार ढलाईको कारण हो भन्ने त सामान्य मानिसले पनि बुझिसकेका देखिन्छन् ।

भरखरैको आन्दोलनको प्रमुख कारकका रूपमा वालेनलाई नकारात्मक रूपमा देखाइएतापनि त्यो अवस्थाका कारणले मात्र वालेनलाई जनताले माया गर्नबाट अझै पछाडि हटिसकेका छैनन् ।

वडाध्यक्षहरूको घेराबन्दी हुँदाहुँदै पनि उनले गरेको कार्यलाई देखेर पाका कुलमान र रविपनि प्रधानमन्त्रीमा उनैलाई लैजाने सहमतिमा पुगिसकेका हुन् । चुनावी सरकारका लागि सुशीला कार्कीलाई अगाडि सारी आफु पछाडि हटेका वालेनको केही हदमा आलोचना भई उनप्रतिका पर्दा पछाडिबाट कामगर्ने तर अगाडि आउने हिम्मत नभएको भन्ने खालको चुनौतिपूर्ण केहीका कथनले पनि उनी प्रधानमन्त्री भएरै केही गरेर देखाउन चाहेको देखिन्छ ।

यस्तै प्रकारले यस मिलनका प्रमुख पात्र रवि लामिछाने पनि जनताबाट धेरैपटक अनुमोदित व्यक्ति हुन् । उनले पनि जीवनमा धेरै कठिन परस्थितिको सामना गर्न परेपनि हिम्मत भने हारेको देखिन्न । सहकारी ठगका रूपमा प्रमुख दलहरूले आरोप लगाउँदा एवम् अदालतको आदेश अनुसार थुनामा रहँदासम्म समेत उनमा रहेको आत्मविश्वासमा केहीपनि कमी भएको देखिन्न ।

त्यसैले पनि उनले यस एकताको कार्यमा धेरै नै गृहकार्य र योजना बनाएको देखिन्छ । उनी जतिसुकै ठगीका कारकका रूपमा चित्रित बनाइएतापनि उनलाई अधिकांश जनताले अझै पनि पत्याउन छाडेका छैनन् ।

सरकारमा गएका वेला खासै त्यस्तो चर्चित तरिकाले काम गर्न नसकेपनि उनलाई जनताले प्रमुख दलको असहयोगले त्यस्तो भएको हो भन्ने नै बुझेका छन् । सबैले अदालतमा धरौटी बुझाउँदा बाहिर बस्न पाउने तर उनले मात्र कठघराभित्र नै जीवन विताउनु पर्ने खालको अन्यायपूर्ण अदालतीय कामले पनि उनले झनै सहानुभूति पाएको देखिन्छ ।

त्यसैले पनि उनी अधिकांश जनताको नजरका आशाका रविकिरण नै बनिरहेका देखिन्छन् । प्रसङ्ग अनुसार यी तीनै जनाका नेतृत्वका पार्टी एवम् समूह एकै भएर आउँदा जनतामा आशा पलाउनुलाई हामीले सकारात्मक तरिकाले लिनुपर्दछ ।

प्रमुख दलहरूको उही पुरानो कार्यशैली र व्यवहारले आजित भएका जनतामा आशा आउँदा हामीले जनतालाई नै नैराश्यतातर्फ लैजाने खालका अभिव्यक्ति उनीहरूको काम नहेरी दिनुलाई सही मान्न सकिन्न ।

तर, यी मिलेकाहरूले एउटा कुरा चाहिँ विशेष हेक्का राख्नुपर्दछ । जनतामा नैराश्यताका कारण भनेको नै दल मात्र नभएर दलले ल्याएको संविधान र कानून भन्ने बुझ्नुपर्दछ । प्रदेशका नाममा भएको ब्रह्मलुटाई र पालिकाका नाममा भएको विधर्मी पोषणयुक्त कार्य पनि यसका कारणका रूपमा बुझ्नुपर्दछ । विकास मात्र ठूलो कुरो पक्कै होइन ।

यहाँका धर्म, संस्कार र संस्कृतिलाई अवमूल्यन गर्ने खालको विकास जनतालाई स्वीकार्य हुने छैन । देशलाई विधर्मी र शरणार्थीले भरेर यहाँ तिनैका भोटले चुनाव जित्ने योजना भएका दलहरू पराजित हुनुपर्दछ भनी हुने चुनावी परिणामको कदरका साथ काम गर्नुपर्दछ ।

अनिमात्र यो मिलनको तरङ्गले कुलमान, वालेन र रविले आफ्नो कार्य मार्फत जनतामा ल्याएको तरङ्गलाई समेट्छ । नभए त फेरि यो मिलनको तरङ्ग आकाशमा वादलको मिलनको तरङ्ग भई नेपालनै विभाजित हुन सक्छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?