ट्रेंडिंग:

>> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित

वासुदेव घिमिरेको प्रष्टीकरण: म कुनै सौदाबाजीमा परेको छैन

२० पुष २०८२, आइतबार
२० पुष २०८२, आइतबार
राजनीति केवल पद प्राप्तिको दौड मात्र होइन, यो त विचारको मन्थन र आम जनताको भावनाको प्रतिनिधित्व गर्ने एउटा पवित्र माध्यम हो ।
युवा संघ हुँदै पार्टी काममा चार दशक खटिँदा होस् वा तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुखका रूपमा काम गर्दा वा रुपन्देही क्षेत्र नं. ५ को संघीय सांसदका रूपमा सदनमा आवाज उठाउँदा, मेरो मूल मन्त्र सधैं ‘जनताको सेवा र पार्टीको सुदृढीकरण’ नै रह्यो । तर, पछिल्लो समय पार्टीभित्रका केही प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य तुल्यायो ।
मलाई चिनेजानेकाहरुलाई थाहा छ—म अलि छिटो निर्णय लिन्छु । मलाई कुनै पनि काममा बिलम्ब भएको पटक्कै मन पर्दैन । म परिवर्तन चाहान्छु ।
हरेक कुरा राम्रो बनाउन प्रयत्न गर्छु । यो मेरो कमजोरी पनि हुन सक्छ । पार्टीभित्रका कतिपय प्रवृत्ति मलाई जस्तै अरु नेता कार्यकर्तालाई पनि मन नपरेको हुन सक्छ, तर मैले त्यो उकुसमुकुसलाई दबाएर राख्न सकिनँ, पोखे । पार्टी अलगको मेरो निर्णय कुनै बार्गेनिङ वा पद प्राप्तिका लागि छँदै थिएन ।
किन जन्मियो उकुसमुकुस ?
म सधैं एउटा मान्यतामा अडिग रहेँ— नेकपा (एमाले) जस्तो विशाल र ऐतिहासिक पार्टी समयको पदचापसँगै बदलिएर अघि बढ्नुपर्छ । आजको ‘जेन–जी’ पुस्ताको आन्दोलन, उनीहरूको फरक सोच र प्रविधिमैत्री सपनालाई पार्टीले आत्मसाथ गर्नुपर्छ ।
परम्परागत शैलीको रूपान्तरण अबको अनिवार्य सर्त हो । जब यस्ता मुद्दाहरूमा अवरोधहरू सिर्जना हुन थालेको देखेँ तब मभित्र ‘उकुसमुकुस’ पैदा भयो । त्यो उकुसमुकुस कुनै पद नपाएको झोक थिएन, बरु पार्टीलाई अझ जीवन्त बनाउने चाहनाको छट्पटी मात्र थियो ।
निर्णय र फिर्ताको चुरो कुरो
गत मंगलबार मैले पार्टीबाट अलग हुने जुन निर्णय लिएँ, त्यो मेरो व्यक्तिगत स्वार्थको उपज थिएन । त्यो त एउटा ‘आवेग’ थियो— ती बेथितिहरू विरुद्ध, जसले पार्टीलाई भुइँतहका कार्यकर्ताबाट टाढा लैजाँदै थियो ।
तर, मेरो त्यो निर्णय सार्वजनिक भएसँगै जुन प्रतिक्रियाहरू आए, त्यसले मलाई भावुक र गम्भीर दुवै बनायो । मलाई नेता बनाउने, मलाई माया गर्ने र मेरो राजनीतिक यात्रामा काँध थाप्ने आदरणीय कार्यकर्ता साथीहरू र शुभचिन्तकहरूले भन्नुभयो— “बासुदेव कमरेड, यो घर छोडेर समाधान निस्कँदैन । यो घर सँगै बसेर सपारौँ, तर छोडेर नजानुस् । हामी तपाईंको साथमा छौं ।”
पार्टीमा सबै मान्छेहरु एउटै प्रवृत्तिका कहाँ छन् र ? पार्टीका आदरणीय उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँगै बसेर तमाम कार्यकर्ताहरुले दिएको सुझाव, त्यो परिदृश्यले मलाई साच्चै भावुक बनायो । मैले आफ्‌नै मान्छेहरुको भावना कदर नगरेर गरेको राजनीति के राजनीति ? जब मलाई नेता मान्ने र विश्वास गर्ने आँखाहरुमा चिन्ता देखेँ, सामाजिक सञ्जालमा आक्रोश देखेँ ।
फोन, भेटघाट तथा नजिकका आफन्तमार्फत् असन्तुष्टि व्यक्त गरेको पाएँ, तब मलाई महसुस भयो कि मेरो जीवन मेरो मात्र होइन रहेछ । यो त ती तमाम कार्यकर्ता र शुभेच्छुक साथै आम नागरिकको पनि रहेछ ।
उहाँहरूको खबरदारी र “पार्टी भित्रै बसेर रूपान्तरणको लडाइँ लडौँ” भन्ने आग्रहलाई मैले नकार्न सकिनँ । कार्यकर्ता र शुभेच्छुकको भावनालाई सम्मान गर्नु नै एउटा सच्चा नेताको धर्म हो । त्यसैले, मैले निर्णय बदलेँ । म आफ्नै कर्मथलोमा निःसर्त रहेको छु, कर्ममै लागेको छु ।
मैले मेरा तमाम शुभेच्छुकलाई स्पष्ट पार्न चाहान्छु—म कुनै सौदाबाजीमा परेको छैन । म इमानमा चल्ने मान्छे हो । प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने मेरो संस्कार हो ।
अवसरवाद कि आदर्शवाद ?
ममाथि ‘अवसरवादी’ वा ‘पदको भोको’ भएको आरोप लगाउन खोज्नेहरूलाई मेरो एउटै प्रश्न छ— यदि मलाई पदकै लोभ हुन्थ्यो भने म सुरक्षित ठाउँमा मौन बसेर पार्टीमा नेतृत्वको चाकरी गरिरहन्थेँ होला, विद्रोह गर्ने जोखिम उठाउने थिइनँ ।
विद्रोह पदका लागि थिएन, यो त विचार र पुस्तान्तरणका लागि थियो । व्यक्तिगत स्वार्थका लागि होइन, यो त भुइँतहका कार्यकर्ता, पार्टीका शुभेच्छुकको भावना र उनीहरूको अटल विश्वासको सम्मानका लागि हो ।
राजनीतिमा कहिलेकाहीँ बाटो बिराए जस्तो लाग्न सक्छ, तर लक्ष्य बिराउनु हुँदैन । मेरो लक्ष्य हिजो पनि एमालेलाई पहिलो र आधुनिक पार्टी बनाउने थियो, आज पनि त्यहीँ छ ।
मलाई अवसरवादी भनेर सत्तोसराप गर्नेहरुप्रति मेरो खास गुनासो त छैन तर एउटै प्रश्न छ—म कुनै पार्टीमा प्रवेश गरेर पुनः फर्किएको हो र ? म जे गर्छु मनैदेखि गर्छु । म एमालेमा रहन्छु, मन, वचन, कर्मदेखि नैं रहन्छु ।
अबको बाटो
मैले माथि पनि भनेको छु—म निःसर्त पार्टी काममा रहेकै छु । पार्टीले दिने जुनसुकै जिम्मेवारीलाई पूरा गर्न म सधै तयार रहने छु । तर मेरा मुद्दाहरू मरेका छैनन् । म पार्टीभित्रै रहेर युवा पुस्तामा नेतृत्व हस्तान्तरणको वकालत गरिरहनेछु ।
पार्टीलाई आधुनिक र ‘जेन–जी’ मैत्री बनाउन लागिपर्नेछु । कार्यकर्ताको शिर झुक्न नदिने गरी काम गर्नेछु । मलाई गाली गर्नेहरूलाई समयले उत्तर दिनेछ, तर मलाई माया गर्नेहरूका लागि म सदैव हिमाल बनेर उभिनेछु । हामी मिलेरै यो पार्टीलाई रूपान्तरण गर्नेछौँ, मुलुकको निर्णायक शक्ति बनाउनेछौं ।
भवतु :सव्ब मंगलम् !
यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?