Butwal Today

सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

१७ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

पुस १३ गते कीर्तिमान कायम गरेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ ।

आज सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । त्यसअगाडि पनि सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँ थियो ।

त्यसअगाडि पनि चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?