ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार
बुटवल एउटा गुञ्जायमान ठुलो सहर हो  ।
यो भव्य सहर अनि तिनाउ नदीको किनारा मानव सभ्यताको साक्षीको रूपमा निरन्तर शीतल हावा प्रवाहले तराईको उखरमाउलो गर्मीलाई बिर्साउँदछ । तिनाउ नदी किनारामा नेपालको ऐतिहासिक महत्वका कयौँ सम्पदाहरू मध्य म यहाँ एउटा ऐतिहासिक, पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थानको बारेमा समीक्षा गर्ने प्रयास गर्दै छु ।
मणिमुकुन्द सेन उद्यान (फूलबारी) इलाकामा एउटा धरोहर संरक्षणको पर्खाइमा रहेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनले निर्माण गराएको दरबारको अहिले भग्नावशेष मात्र बाँकी रहेको छ । यो भग्नावशेष नेपाल एकीकरण अघि र एकीकरण पछिको एउटा महत्त्वपूर्ण  स्थल हो ।
खोजकर्ता/स्रष्टा समीक्षक पुष्कर अथक रेग्मीका अनुसार मुकुन्दसेन (द्वितीय) को पालामा बुटवलको तिनाउ खोला पारी उत्तर पश्चिमको फूलबारी क्षेत्रमा दरबार निर्माण गरी रङ्ग महल नामकरण गरे ।
नेपाल अङ्ग्रेज युद्धको समयमा समेत कर्णेल उजिरसिंह थापाले रङ्ग महल दरबार परिसरभित्र नेपाली सेनाको क्याम्प खडा गरी अङ्ग्रेजहरूलाई युद्धमा परास्त गरेका थिए । तसर्थ यो नेपालीहरू पुग्नै पर्ने ऐतिहासिक एवं महत्त्वपूर्ण स्थान मध्ये एक हो ।
सेन राजाहरूको दरबारहरूमध्ये दक्षिणी पाल्पा, बुटवल क्षेत्रको रङ्ग महल दरबार, शीतकालीन दरबार थियो भने गृष्मकालीन समयका लागि पाल्पा, प्रभास, नुवाकोट र श्री नगरमा दरबारहरू बनेका थिए । सेनकालीन दरबारहरूको  खोजिनिधी गर्दा दरबार मात्रको नभई पाल्पा र बुटवलमा थुपैसेनकालीन सम्पदा र धरोहरहरू छरिएका पाइन्छन् ।
यद्यपि यी दुवै क्षेत्रमा उत्खनन सहित विशेष खोज अनुसन्धान हुन बाँकी नै छ । यस्तो अवस्थामा महत्त्वपूर्ण पुरातात्त्विक अन्वेषण सञ्चालन गर्नु पर्नेमा क्षेत्रीय चिडियाखानाको अवधारणाले यस स्थानमा ठुलो क्षति पुर्‍याउने र अध्ययन अनुसन्धान समेत प्रभावकारी ढङ्गले गर्न नसकिने निश्चित भएको छ ।
पाल्पा सेन वंशी राजा मणि मुकुन्द सेनको दरबारको अवशेष हालको अवस्था हेर्दा यसको संरक्षणको लागि गर्नुपर्ने न्यूनतम कार्यहरूमा समेत सरोकारवालाहरूको सक्रियता देखिएको छैन । दरबारको अवशेषलाई वरिपरि पेरिमिटर वाल र फलामे बारले घर्ने र खाली स्थानमा ढुङ्गा बिछ्याइएको छ । दरबारको उत्तर तर्फ अग्लो पर्खालमा कलात्मक खोपी, झ्यालको भागहरू देख्न सकिन्छ ।
पर्खालको माथिल्लो भाग र बिचको भागमा रुख, झाडी र बुट्यानहरू सप्रिएका छन् । हालको संरचनालाई कम क्षति वा क्षति विहीन तरिकाले झाँडी बुट्यान हटाउनु हामी सबैको पहिलो कर्तव्य हो । दरबारको जग इलाका र जग नजिक बिछ्याइएको ढुङ्गाहरूमा समेत हरियो घाँसले भरिएको छ ।
जगहरूमा थप क्षति हुन नदिन घाँस/बुट्यान उम्रन नदिने, जोखिम नभएको इलाकामा घाँस/बुट्यान हटाउने र कम्तीमा दरबारको पर्खालमा उम्रेका घाँस/बुट्यान हटाउने सम्बन्धमा पुरातत्त्व विज्ञहरूसँग सल्लाह गरी सरसफाइ र टेकोहरू राख्न वा पर्खाललाई पानी र घामबाट संरक्षण गर्न उचित भौतिक संरचना निर्माण सम्बन्धमा डिपीआर तयार गर्न ढिलो भइसक्यो ।
दरबारको उत्तरी भित्ता र केही भागहरू खण्डहरको रूपमा ठिङ्ग उभिएको छ यसलाई ढल्न नदिने सम्बन्धमा केही नतिजामुखी प्रयासहरू आवश्यक देखिन्छ ।
नेपालको ऐतिहासिक सम्पदा यसरी बेवारिसे अवस्थामा रहँदा समेत मणि मुकुन्द सेन उद्यान संरक्षण समिति र पुरातत्त्व विभागको समन्वयात्मक पहलले मात्र यो सेन दरबार जे जस्तो अवस्थामा छ त्यसलाई सोही अवस्थामा पछिल्लो पुस्ता सम्म सुरक्षित राख्न पहल गर्न अब मुख्य गरी स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले पहलकदमी लिनु पर्ने देखिन्छ ।
यस्तो गौरवमय ऐतिहासिक स्थल सम्बन्धमा स्थानीय विद्यालयहरूलाई कम्तीमा वर्षको १ पटक अनिवार्य फिल्ड भ्रमण गराउँदा विद्यार्थीहरूले नेपालको इतिहासलाई साक्षात्कार गर्ने अवसर पाउने देखिन्छ ।
साथै यस्ता कार्यक्रमहरूले पर्यटक प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेछ । यो उद्यानको मुख्य आकर्षण सेन दरबारको ऐतिहासिक पक्ष सम्बन्धमा जानकारी मूलक ठुलो बोर्ड राख्नु पर्नेमा त्यस्तो बोर्ड पनि राखिएको देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?