ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

कात्तिकको बेमौसमी वर्षाले कृषि क्षेत्रमा झण्डै ३ अर्बको क्षति

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

काठमाडौँ ।

गत कार्तिक १५ देखि १७ गतेसम्म देशका विभिन्न स्थानमा भएको भारी बेमौसमी वर्षाले मुलुकको कृषि क्षेत्रमा गम्भीर धक्का पुर्‍याएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार तीन दिनको वर्षाले देशभरको कृषि बालीमा कुल २ अर्ब ९१ करोड १६ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

प्रतिवेदन अनुसार पाक्ने बेलाको धान बाली खेतमै डुब्दा र काटिसकेको धानमा पानी पस्दा किसानहरूले ठुलो नोक्सानी व्यहोर्नुपरेको देखिन्छ । वर्षाले विशेषगरी तराईका जिल्लाहरूमा धान र तरकारी खेतीलाई नराम्ररी प्रभावित पारेको छ ।

धानबालीमा सर्वाधिक असर: २ अर्ब ६६ करोड रुपैयाँ

प्रतिवेदनको विश्लेषण अनुसार बेमौसमी वर्षाबाट सबैभन्दा ठूलो मार प्रमुख खाद्यान्न बाली धानमा परेको छ । कुल कृषि क्षतिको ९१.५० प्रतिशत हिस्सा धान बालीले ओगटेको छ ।

देशभरका विभिन्न जिल्लामा कुल २० हजार १ दशमलव ५२ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेती वर्षाबाट प्रभावित भएको छ । यसबाट ७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा गिरावट आएको र त्यसको बजार मूल्य अनुसार २ अर्ब ६६ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको मन्त्रालयले जनाएको छ ।

क्षेत्रफलका हिसाबले झापामा सबैभन्दा बढी धान खेतीमा क्षति पुगेको छ भने बर्दिया, मोरङ र सुनसरी जिल्लाहरू पनि नराम्ररी प्रभावित भएका छन् ।

कोशी प्रदेशमा सबैभन्दा बढी क्षति

प्रादेशिक क्षतिको विवरण अनुसार कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । कोशी प्रदेशमा २ अर्ब ५४ करोड ४३ लाख ६७ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

कोशीपछि मधेस प्रदेशमा २२ करोड ४७ लाख र लुम्बिनी प्रदेशमा १३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । गण्डकी प्रदेशमा १ करोड ८० लाख ६१ हजार र वाग्मती प्रदेशमा ४७ लाख ६७ हजार रुपैयाँ बराबरको क्षति पुगेको देखिन्छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका धान किसानहरू यो विपदबाट सर्वाधिक प्रभावित भएका छन् ।

तरकारी र अन्य नगदे बालीमा पनि क्षति

धानबाहेक तरकारी र अन्य बालीमा पनि वर्षाले क्षति पुर्‍याएको छ । प्रतिवेदन अनुसार ५ सय ८६ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करिब २२ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यो कुल क्षतिको करिब ७.६४ प्रतिशत हो । सुनसरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरूमा तरकारी खेतीमा बढी असर परेको छ ।

त्यसैगरी, आलु, कोदो, दलहन, तेलहन र केरा खेतीमा समेत वर्षाले असर पुर्‍याएको छ । यी बालीहरूमा ६ सय १ हेक्टर क्षेत्रफल प्रभावित हुँदा २ करोड ४१ लाख १ हजार रुपैयाँ बराबरको क्षति भएको छ । चितवनमा आलु, तोरी र दलहनमा तथा दोलखामा कोदो बालीमा क्षति पुगेको विवरण प्रतिवेदनमा उल्लेख छ ।

जिल्लागत क्षति विवरण

झापा जिल्लाले एक्लै धानबालीमा ८० करोड ७३ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ । त्यस्तै, मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाख र कपिलवस्तुमा २३ करोड ६ लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ ।

बर्दघाट सुस्ता पूर्वमा पनि १८ करोड ६१ लाख रुपैयाँको धान बालीमा क्षति पुगेको छ ।

पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि काभ्रेपलाञ्चोक, दोलखा, धादिङ जस्ता जिल्लामा धान तथा कोदो बालीमा आंशिक असर परेको प्रतिवेदनले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?