ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

काठमान्डौ, १५ मंसिर ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध एउटा नयाँ फाइल दर्ता गरिएको छ । उनलाई मृत्युदण्ड र २१ वर्षको कैद सजाय सुनाइएको केही समयपछि बंगलादेशमा पुनः अर्को गम्भीर मुद्दा अघि सारिएको हो ।

आजभन्दा १६ वर्षअघि बंगलादेशमा भएको हिंस्रक विद्रोहमाथि अनुसन्धान गर्न गठित आयोगले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा हसिनाले नै सामूहिक हत्याको आदेश दिएको दाबी गरिएको छ । सन् २००९ मा बंगलादेश राइफल्स (बीडीआर) का असन्तुष्ट सुरक्षाकर्मीहरूले सुरु गरेको दुईदिने विद्रोहका क्रममा धेरै उच्च सैन्य अधिकारीसहित ७४ जनाको हत्या भएको थियो ।

उक्त घटनाले हसिनाको सरकारप्रति व्यापक आलोचना भएको थियो । उनले प्रधानमन्त्रीको पद सम्हालेको केही हप्तामै यस्तो ठूलो हिंसात्मक घटना भएको थियो ।

गत वर्ष (२०२४) विद्यार्थी आन्दोलनपछि हसिनालाई पदमुक्त गरिएको थियो । त्यतिबेला उनी भारततर्फ प्रस्थान गरेकी थिइन् । अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसको सरकारले २००९ को घटना पुनः अध्ययन गर्न आयोग गठन गरेको थियो । ७८ वर्षीया हसिना त्यसबेलादेखि अदालतको आदेश नमानी भारतमा शरण लिएर बसिरहेकी छन् । बंगलादेशले उनलाई प्रत्यर्पण गरिदिन भारत सरकारसँग औपचारिक पत्राचारसमेत गरिरहेको छ ।

आयोगको प्रतिवेदनले तत्कालीन सत्तारूढ अवामी लीग सरकार विद्रोहमा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । आयोगका प्रमुख ए.एल.एम. फजलुर रहमानका अनुसार, संसदका तत्कालीन सदस्य फजले नूर तपोशले विद्रोहको मुख्य समन्वयकको भूमिका खेलेका थिए र हसिनाको निर्देशनमा हत्याकाण्ड ‘हरियो झण्डा’सहित अनुमोदन गरिएको थियो ।

रिपोर्टले यस घटनामा विदेशी शक्तिको संलग्नता पनि रहेको दाबी गर्छ । रहमानले पत्रकार सम्मेलनमार्फत विद्रोहपछि भारतले बंगलादेशलाई अस्थिर बनाउने तथा सेनालाई कमजोर पार्ने प्रयास गरेको आरोपसमेत लगाए ।

‘बंगलादेश सेनालाई कमजोर पार्न दीर्घकालीन षड्यन्त्र रचिएको थियो,’ रहमानको भनाइ छ ।

अन्तरिम सरकार प्रमुख युनुसले आयोगको प्रतिवेदनलाई स्वागत गर्दै सन् २००९ को घटनाको वास्तविक कारणबारे देश वर्षौँदेखि अन्धकारमा रहेको उल्लेख गरे ।

उनले भने, ‘आयोगको प्रतिवेदनमार्फत अन्ततः सत्य बाहिर आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?