ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

शीत भण्डार निर्माणमा अन्तिम पटक म्याद थप

१३ मंसिर २०८२, शनिबार
१३ मंसिर २०८२, शनिबार

पाल्पा ।

पाल्पा जिल्लाको सबैभन्दा पुरानो र लामो समयदेखि अधुरो रहँदै आएको तानसेन–बाँधखोरस्थित शीत भण्डारको निर्माण कार्य पूरा गर्न नगर सरकारले अन्तिम पटक म्याद थप गरेको छ। भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको यो परियोजना वर्षौदेखि रोकिँदै आएको थियो।

२०६९ फागुन २३ गते चार करोड ९९ लाख १९ हजार रुपैयाँ लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित शीत भण्डार निर्माणको जिम्मा जय रक्तकाली गोरखा कन्स्ट्रक्सनले पाएको थियो। तर, एक तला छत ढलान गरेपछि निर्माण कम्पनीले काम रोकिदिएपछि परियोजना लामो समय अधुरो रह्यो।

राजमार्गबाट दुई किलोमिटर भित्र पहुँचमार्ग निर्माणपछि केही समय काम अगाडि बढे पनि भारतीय पक्षबाट रकम रोकिएपछि निर्माण कम्पनीले पुनः काम स्थगित भएको जनाएको थियो। लामो अलमलपछि नगर सरकारले ठेक्का तोडेर साझेदारी कम्पनीमार्फत काम अघि बढाएको हो।

नगर प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार हाल पूर्वाधार निर्माण सकिएको छ र केवल भित्रका विद्युतिय उपकरण जडान गर्ने काम मात्र बाँकी छ। यही संवेदनशील उपकरण जडानका कारण पुष मसान्तसम्म अन्तिम पटक म्याद थपिएको उनले बताए।

निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र भटले प्रारम्भिक अवस्थामा नै बिल भुक्तानी प्रक्रिया कडाइका कारण काम प्रभावित भएको दाबी गरे।

पाल्पा जिल्लामा पछिल्लो केही वर्षयता सुन्तला उत्पादनले व्यावसायिक रूप लिइरहेको छ। तर, शीत भण्डार निर्माण अधुरै रहेकाले किसान हरेक वर्ष जथाभावी बिक्री गर्न बाध्य छन्।
किसान खिमानन्द पोखरेल भन्छन्, “शीत भण्डार तयार भएको भए अहिले हाम्रो सुन्तला त्यहीँ भण्डारण हुन्थ्यो। हरेक वर्ष जस्तै यो वर्ष पनि हामीलाई निराश हुनुपर्‍यो।”

शीत भण्डार निर्माण कहिले पूरा हुने भन्ने प्रश्नमा किसानदेखि उपभोक्ता सबैको चासो बढिरहेको छ। नगर सरकारका अनुसार यो म्याद अन्तिम भएकाले यसपटक काम पूरा गरेर सञ्चालनमा ल्याइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?