ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

आरम्भ चौतारी लघुवित्त बुटवल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

बुटवल ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल शाखाले सदस्यहरूलाई लक्षित गरी एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुटवल शाखाका स्टेशन म्यानेजर सन्तोष कुमार चन्दको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन उप–प्रमुख सावित्रा देवी अर्यालले गरेकी थिइन् ।

त्यस अवसरमा अर्यालले संस्थाबाट प्राप्त कर्जा लक्षित उद्देश्यअनुसार प्रयोग गरी उत्पादनशील क्षेत्रमा लाग्नुपर्नेमा जोड दिँदै महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउन संस्था महत्वपूर्ण भूमिकामा रहेको बताइन् । उनले आरम्भ चौतारीले समुदायमै गएर डस्टबिन वितरण, रक्तदान, बीमा रकम हस्तान्तरण, व्यावसायिक पशुपालन तथा सीपमूलक तालिमलगायतका सामाजिक गतिविधिमार्फत समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिन् ।

 नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त आरम्भ चौतारी लघुवित्तले सातै प्रदेशका ५७ जिल्लामा १४० शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थाको हाल देशभर १ लाख ३ हजारभन्दा बढी सदस्य रहेको शाखा स्टेशन म्यानेजर  चन्दले जानकारी दिए । विपन्न, पिछडिएको, एकल महिला, अपांगता भएकाहरू, दलित तथा द्वन्द्वपीडितलाई संस्थाले कर्जामा १ प्रतिशत ब्याज छुटका साथै पहुँचयुक्त वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा ३ का अध्यक्ष विष्णु ढकाल, भद्रकाली बहुउद्देश्यीय सहकारीका सदस्य देवीकुमार श्रेष्ठलगायतले आरम्भ चौतारीले महिला सशक्तीकरण, उद्यम विकास तथा सामाजिक क्षेत्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरेका थिए ।

संस्थाले साधारण, व्यावसायिक, मौसमी, ऊर्जा, कृषि, उपभोग तथा आकस्मिक कर्जा १४.७२ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउँदै आएको र कर्जाको सदुपयोग, नियमित बचत र भुक्तानी प्रणालीमार्फत महिलाको आत्मसम्मान र आर्थिक क्षमतामा वृद्धि भएको कार्यक्रमका सहभागीहरूले बताए ।

आरम्भ चौतारीले आर्थिक सेवा मात्र नभई स्वास्थ्य, शिक्षा, सीप विकास, उद्यम प्रोत्साहनजस्ता गैर–वित्तीय कार्यक्रममार्फत समाज परिवर्तनमा योगदान दिँदै आएको छ । दुर्गम गाउँ–बस्तीसम्म पुगेर पिछडिएको वर्गलाई स्वरोजगार र आय–आर्जनका अवसर उपलब्ध गराउनु संस्थाको प्रमुख उद्देश्य रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा बुटवल शाखाका कर्मचारी भुना पौडेल, शाखा प्रबन्धक पवि पाण्डेयलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा करिब १२२ केन्द्र समूहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?