ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

संरक्षण ज्ञानको पुुस्तान्तरणमा समस्या र कारणहरु

७ मंसिर २०८२, आइतबार
७ मंसिर २०८२, आइतबार

अहिले किसानहरू धान थन्काउनमा व्यस्त छन । अबको ८/१० दिनमा धान थन्काएर सकिनेछ ।

केही समयपछि धान कुटेर चामल बनाएर सकिनेछ । घरमा दशौ क्विन्टल धान भित्राएकाहरू अर्को साल ब्याड राख्ने समयमा धानको बिउको लागि भौतारिनेछन् । बजारका एग्रोभेटदेखि भारतका बजारसम्म बिउको लागि लाईन लाग्नेहरूको लर्को देखिनेछ ।

यस्ता दृश्यहरू पछिल्लो २ दशकमा क्रमशः बढ्दै गएको छ । जति उत्पादन गरेपनि अचेल किसानहरूसँग अर्को वर्षको खेतीको लागि बिउ हुदैन । अन्नबाली, दलहन, तेलहनदेखि तरकारी र फलफूल समेतका बिउहरूको लागि किसानहरू बजारमा भर परिरहेका छन् ।

खेतबारीमा बिउयोग्य बालीको राम्रो उत्पादन भएपनि त्यो बिउलाई कसरी संरक्षण गरेर राख्ने भन्ने बारेमा पछिल्लो पुस्तालाई ज्ञान नहुँदा पुराना प्रजातिका बालिनालीहरू हराउदै गएका छन् । पहिले कुन बाली कहिले लगाउने, कसरी स्याहार गर्ने, कसरी थन्काउने भन्ने ज्ञान र सिप पाका पुस्ताबाट नयाँ पुस्तामा क्रमश हस्तान्तर हुने परम्परा अहिले रोकिएको छ ।

खेतीपाती मात्र हैन, नेपाली समाजमा अघिल्लो पुस्ताले अभ्यास गरेका धेरै ज्ञान र सीपहरू अहिले समाजबाट हराईसकेका छन् । पछिल्लो पुस्तामा पुरानो ज्ञान र सिप हस्तान्तरण हुन नसक्दा कृषि, वन, पानी, भुमि जीवजन्तु संरक्षण र उपयोग सम्बन्धि चेतनाबाट पछिल्लो पुस्ता टाढा भैसकेको छ ।

हाम्रा पुर्खाहरूले जीवन चलाउने क्रममा आफ्नो अनुभव, खोज र सिकाईबाट प्राकृतिक श्रोत उपयोग र सम्रक्षण सम्बन्धि विभिन्न ज्ञान र सिप आर्जन गरेका थिए । पुर्खाले आर्जन गरेको ज्ञान र सिप उनीहरूको सन्तान दरसन्तानमा सर्दै, परिमार्जन हुदै गएको पाइन्छ ।

पुर्खाहरूले प्रकृतिको परिवर्तन हेरेर जीवन चलाउने तरिका मात्र सिकेका थिएनन्, प्रकृतिलाई लामो समयसम्म कसरी जीवित राख्ने भन्ने कुरा पनि सिकेका थिए । घर बनाउँदा माटो जाँच गर्ने, खेती हुने जमिनमा घर नबनाउने, मसान हिड्ने खोलाको किनारमा घर नबनाउने, खोला नदी थुनेर र वन्यजन्तु हिड्ने बाटो रोकेर घर नबनाउने कुरा पुर्खाले जानेका थिए ।

ताल तलैया र नदीलाई पुज्ने पानीमा फोहर नफाल्ने, कुलो फर्काउँदा जलचर बाँच्न पुग्ने पानी छोड्नुपर्ने कुराको कारण नजाने पनि अभ्यास गर्न जानेका थिए । जीवजन्तु संरक्षणको लागि तिहार, नाग पंचमी मनाउने, चराचुरुंगीलाई आहाराको लागि खेतको बालीको केहि भाग खेतमा छोड्ने, प्राकृतिक सन्तुलन राख्न गाउँमा बगैचा बनाउने, पोखरी खन्ने, चौपारी बनाउने जस्ता काम सदियौदेखि समाजमा भैरहेका छन् ।

यस्ता सबै ज्ञान र सीपहरू पुर्खाबाट नयाँ पुस्तामा क्रमशः हस्तान्तरण गर्दै हुदै आएका हुन । पुर्खाबाट हस्तान्तरित ज्ञान मानिसहरूको दैनिकीमा घुलमेल भएको कारण समाजका हरेक गतिविधिहरू यिनै ज्ञान र सिपको आधारमा चलेका हुन्थे ।

हरेक काम गर्दा प्रकृति, प्राकृतिक सन्तुलन र दिर्घकालिन सोच राख्ने पारम्परिक ज्ञानको कारण पुर्खाहरूका गतिविधिले प्रकृतिमा नगन्य नोक्सानी पुगेको हुन्थ्यो । तर, पछिल्ला दशकहरूमा पुर्खाबाट आर्जित ज्ञान र सिपको आधारमा कृषि, पशुपालन, वातावरण संरक्षण र उपयोगका कामहरू हुन छोडेका छन्, जसले गर्दा नेपालमा थुप्रै पर्यावरणीय, आर्थिक र सामाजिक समस्याहरू बढिरहेका छन् ।

कसरी हरायो ज्ञान ?
बालबालिकाहरू पाका पुस्तासँग बस्ने, हुर्कने बेलासम्म उनीहरूले पुख्र्यौली ज्ञान देख्ने, बुझ्ने र सिक्ने अवसर पाएका थिए । तर, पछिल्ला दशकहरूमा हजुरबा, हजुर आमासंग हुर्कन पाउने बालबालिकाहरूको संख्या निकै कम छ र संगै भएकाहरूलाई समेत मोबाईल र टिभीले टाढा बनाएको छ ।

यसले गर्दा बालबालिकाहरूले पुर्खाबाट सिक्ने अवसर गुमाईरहेका छन् । धेरै जनजातिका पछिल्लो पुस्ताले मातृभाषा बोल्न छोडिसकेका छन् । मातृभाषा बोल्न छोड्दा त्यस भाषाले समुदायमा जोगाएको रैथाने ज्ञान र सिप पछिल्लो पुस्ताले जान्नै पाएको छैन ।

पुर्खाका ज्ञान र सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नुमा नेपालको शिक्षाको पाठ्यक्रम सबैभन्दा दोषी देखिन्छ । नेपालमा चालचलन र अभ्यासहरू गलत हुन र पश्चिमा कुरा मात्र ठिक हुन् भन्ने गरि विद्यालय देखि विस्वविद्यालय तह सम्मका पाठ्यक्रम बनाईएका छन् र कक्षा कोठामा त्यहि नै पढाउने गरिएको छ ।

विद्यार्थीले ज्ञान र सिप सिक्ने विद्यालयमा नै पुर्खाको ज्ञान र सिपको बारेमा सिक्ने अवसर नापाएपछी पुर्खाको ज्ञान हस्तान्तरण हुने सवालै रहदैन । गाउँघरमा आफ्नो परिवारसंग बसेर अध्ययन गरिरहेकाहरूले त केहि न केहि पुख्र्यौली ज्ञान र सिप जान्ने अवसर पाईरहेको भएपनि शहरी क्षेत्रमा बस्ने र होस्टेलमा बसेर पढ्नेहरूले त्यस्तो अवसर नपाउने हुनाले ठूलो संख्याका बालबालिकामा पुर्खाको ज्ञान र सिप हस्तान्तरण हुन नसकेको पाईन्छ ।

नेपालमा गाउँदेखि शहरतर्फको बसाईसराई तीव्र छ र देश छोडेर बिदेशने प्रवृति पनि बढ्दो छ । बसाई सरेर जाँदा भूगोलसंग मात्र सम्बन्ध टुट्दैन, आफ्नो परम्परासँग पनि दुरी बढ्दै जान्छ । बसाई सरेर जानेहरूले आफ्नो रैथाने ज्ञान र सिप विरलै अभ्यासमा ल्याउन र आफ्ना सन्तानलाई हस्तान्तरण गर्न सक्छन् ।

शहरमा बस्दा जल. जमिन, जंगल, कृषि र जिवजन्तुसंगको दुरी बढ्ने भएकोले प्रकृति संरक्षण सम्बन्धि पुख्र्यौली ज्ञान मासिदै गएको पाईन्छ । तिन दशक अघिसम्म नेपालका केहि शहरी क्षेत्रका बाहेक अरू सबै ठाउँका मानिसहरू प्रत्यक्ष रूपमा कृषि, वन र खोलानदीसंग जोडिएका हुन्थे ।

उनीहरूको दैनिकीमा यी श्रोतहरू अपरिहार्य मानिन्थ्यो । खेतबारी, खोला नदि, वनपाखामा घुम्दा, काम गर्दा प्रकृतिको महत्व बुझेका हुन्थे र दिगो संरक्षणका रैथाने अभ्यासहरूलाई अपनाएका हुन्थे । तर पछिल्लो पुस्ता वनसँग टाढिएको छ ।

वन भनेको रुख भएको र घुमफिर गर्ने थलो भएको बुझाई भएका नया पुस्ता तयार भैरहेका छन् । वनको वास्तविकता बुझ्ने ज्ञान र सिप पछिल्लो पुस्तालाई हस्तान्तरण भएकै छैन । यसले गर्दा वन सम्बन्धि पुराना ज्ञान हराउदै गएका छन् ।

पश्चिमी सँस्कृतिलाई बढावा दिन देशका पढेलेखेका मान्छे र विदेशबाट दानापानी खाएका समाजसेवीहरू सक्रिय छन् । उनीहरूले हाम्रा व्यवहारहरू सबै गलत र विदेशीका सबै ठिक भन्ने भाष्य खडा गरिरहेका छन् ।

खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग गर्न प्रोत्साहित गर्ने, वन उपयोगको पारम्परिक अभ्यासको साटो बैज्ञानिक वन व्यवस्थापन लागु गर्ने, नेपाली भौगोलिक –सामाजिक मौलिकताका भौतिक निर्माण गर्नुको साटो कंक्रिटको संरचना बनाउन लगाउने, सस्कृतिका अभिन्न अंग बनेका बर–पिपल चौपारी मासेर युक्लिप्टस र स्टोनिया लगाउन प्रेरित गर्ने, हाम्रा खानापिन, जीवनशैलीलाई पछौटे भनि व्याख्या गरिदिने प्रवृतिले पनि संरक्षण सम्बन्धि पुर्खाको ज्ञान र सिप हस्तान्तरण हुन सकेको छैन. नेपाली मिडियाहरूले समेत नेपालका मौलिक संरक्षण ज्ञान र सिप प्रवद्र्धन गर्नुको साटो खराबी मात्र देख्ने गरेकोले पनि ज्ञान र सिप हस्तान्तरणमा मिडियाबाट सहयोग पुग्न सकेको छैन ।

विदेशी परामर्शदातृको इशारामा चल्ने सरकारी संयन्त्रहरूले त झन् रैथाने ज्ञान र सिपको प्रसारलाई रोक्नेगरी थुप्रै नीतिगत र कानूनी व्यवस्थाहरू गरेका थिए । एक दशक यताका प्राकृतिक श्रोत संरक्षण र व्यवस्थापन सम्बन्धि ऐन कानूनहरू र नीतिहरूमा भने स्थानीय ज्ञान र सिपको प्रयोग गर्ने कुरा समावेश हुन थालेका छन् । यसलाई राम्रो कुरा भन्नै पर्छ ।

कस्तो असर ?
पुर्खाका ज्ञान र सिप पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा कृषि, वन, जलाधार, जैविक विविधता संरक्षणमा ठुलो असर परिरहेको छ । प्राकृतिक श्रोतहरू विचको अन्तरसम्बन्ध र प्रक्रिया बुझ्न नसकेकोले जैविक विविधता विनाशको दर उच्च छ ।

भू तथा जलाधार संरक्षण र उपयोगको पारम्पारिक ज्ञान सिपको कमीले गर्दा विपदका घटनाहरूमा वृद्धि आएका छन् । खनजोत गर्ने पद्दति र समयको ज्ञानको कमि, बिउ संरक्षण गर्ने सिपको कमी, मलखाद निर्माण र किरा व्यवस्थापन ज्ञानको कमीले गर्दा खेतीपातीको लागि एग्रोभेटको भर पर्नुपर्ने बाध्यतामा अहिलेको पुस्ता छ ।

जडिबुटी लगायतका वन सम्पदाको अत्यधिक दोहन, जीवजन्तुको चरण क्षेत्रको विनाश जस्ता समस्याहरू ज्ञान हस्तान्तरनको कमीले भैरहेका छन् । पुर्खाका ज्ञान र सीपहरू हस्तान्तरण नहुदा श्रोत संरक्षणमा चुनौती मात्र बढेको छैन, समुदायको पहिचान बनेका अनेकौ सामाजिक अभ्यासहरूले समेत निरन्तरता पाउन सकेका छैनन् । यसले प्राकृतिक श्रोत संरक्षण र मानिस विचको दुरी अझै बढाउदै लगेको छ ।

हिड्नुपर्ने बाटोः
पुर्खाहरूले हजारौ वर्षको अनुभवबाट प्राकृतिक श्रोत संरक्षण, व्यवस्थापन र उपयोग सम्बन्धि ज्ञान र सिप आर्जन गरेका हुन् । यस्तो ज्ञान र सिप पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा प्राकृतिक श्रोत संरक्षण, जीविकोपार्जन र सामाजिक व्यवहारको निरन्तरतामा असर पर्दै गएको छ । पछिल्लो पुस्तामा पुर्खाका ज्ञान र सीपहरू हस्तान्तरण गर्न र उपयोगमा ल्याउनको लागि सरकार र समुदाय दुवै अग्रसर हुनुपर्छ ।

सरकारले संरक्षणका कार्यक्रम बनाउँदा रैथाने ज्ञानको अभ्यास गर्ने किसिमको बनाउने, स्थानीय पाठ्यक्रममा स्थानीय ज्ञानको बारेमा पढाउने, ज्ञान केन्द्रको स्थापना, राम्रा अभ्यासहरूको अभिलेखीकरण र प्रचार गर्ने हो भने युवा पुस्ताले आफ्नो मौलिकता, भूगोल र समुदाय सुहाउदो संरक्षण ज्ञान सिक्ने अवसर पाउनेछन् । यसले श्रोत संरक्षण र उपयोगमा मात्र हैन विशिष्ट पहिचान सहितको समाज निर्माणमा समेत मद्दत पुग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?