ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

बुटवल, २४ कात्तिक ।

तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ सहआयोजक रहने उक्त महोत्सव मङ्सिर २९ गतेसम्म चल्ने भए पनि आयोजकले आवश्यकताअनुसार थप दुई दिनसम्म विस्तार गरिने जानकारी दिएको छ।

महोत्सवमा करिब ३५० स्टल रहनेछन् भने हालसम्म १५० स्टल बुक भइसकेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष प्रेम घर्ति मगर (प्रेम जिएम) ले तिलोत्तमामा आयोजना हुने यस महोत्सवले स्थानीय व्यापार, उद्योग, व्यवसाय, पर्यटन, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँका अनुसार यस वर्षको मेलामा विगतका वर्षभन्दा केही फरक र नवीन कार्यक्रम प्रस्तुत गरिनेछ।
जिएमले हाल उद्योगी व्यवसायीहरू बैंक ब्याजदर र अन्य आर्थिक चुनौतीका कारण कठिनाइमा रहेको परिस्थितिमा यो मेलाले सबैलाई उत्साह र आशा जगाउने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका सचिव हेमलाल न्यौपाने का अनुसार मेलाले स्थानीय तथा राष्ट्रिय उत्पादनको प्रचार–प्रसारसँगै तिलोत्तमा क्षेत्रका पर्यटकीय स्थलहरूको पनि पहिचान गराउने लक्ष्य लिएको छ।

महोत्सवमा उद्घोषक तालिम, युवा पुस्ताका लागि विशेष कार्यक्रम, ३६० झुला, पिङ, चर्के पिङ, ब्रेक डान्स, डुंगा, बाल उद्यान लगायतका मनोरञ्जनात्मक खेल तथा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिने छन्।

विद्यार्थीहरूलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट दिइने र करिब दुई लाख दर्शक सहभागी हुने आयोजकको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?