ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

बुटवल, २२ कात्तिक ।

रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरुको साथमा रहेको बताए ।

उनले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र संगसंगै अगाडी बढ्न सके मात्र मुलुक समृद्ध बन्ने बताए । मोतीपुर औद्योगिक क्षेत्र समयमा नबनेका कारण यो क्षेत्रका उद्योगीहरुले झेल्नुपरेका समस्या निरन्तर रहेको बताउँदै अब छिटो समाधानका लागि दबाब दिनुपर्ने जनाए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताए । उनले सबैतिरबाट संकटमा परेका उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उद्योग व्यवसायको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने उल्लेख गर्दै सरकारी तहबाट भने उद्योग व्यवसाय मैत्री वातावरण बन्न नसकेको गुनासो गरे ।

आलमले मुलुकमा सुस्त बन्दै गएको आर्थिक गतिविधि र जेन जी हरुको आन्दोलनका कारण बन्द हुने अवस्थामा पुगका उद्योग व्यवसाय डेडिकेटेड तथा ट्रंक लाईनको बक्यौता विवादका कारण झनै प्रभावित बनेको बताए । सरकारले रुपन्देहीका उद्योगी व्यवसायीले माग र प्रयोग नै नगरेको डेडिकेटेड तथा ट्रंक लाईनको बक्यौता नबुझाएको भन्दै विद्युत लाइन काटिदिएर उद्योगी व्यवसायीमाथी प्रतिशोध सांध्ने काम गरेको उनले बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले उद्योग व्यवसाय मैत्री वातावरण निर्माण गर्न नसक्दा संचालनमा रहेका उद्योग बन्द हुने र नयां उद्योग स्थापना हुन नसक्ने अवस्था श्रृजना भएको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल,लगायतले भनाई राखेका थिए ।

कार्यक्रम उदघाटनमा संघका अध्यक्ष दिलीप सापकोटा, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराईलगायतले पनि बोलेका थिए । साधारण सभाको बन्द सत्रले महासचिव हिरामणि भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष युवराज आचार्यले आर्थिक प्रतिवेदन पास गरेको थियो ।

संघको २४ औं अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद पराजुलीसहित सबै पदका उम्मेदार निर्विरोध निर्वाचित भएका छन् । रुपन्देहीका १ हजार ६९ उद्योगी आवद्ध रहेको संघको शनिबार २४ औं अधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्विरोध चयन भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए ।

बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदवारी परेपछि शुक्रबार नै निर्विरोध निर्वाचित भएका थिए । दोहोरो उम्मेदवारी परेका केही पदमा शुक्रबार उम्मेदवारी फिर्ता लिने समयअगावै उम्मेदवारले दाबी फिर्ता लिएपछि निर्विरोध घोषणा गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सहकोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएका छन् । पदाधिकारीको सचिव (महिला) पद भने खाली छ । सो पदमा शारदा रेग्मी (भट्टराई)को उम्मेदवारी परे पनि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि पद नै खाली भएको हो ।

त्यस्तै सदस्यमा आजीवनतर्फ इञ्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागतमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन् ।

त्यस्तै दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, सदस्य (बुटवल औद्योगिक क्षेत्र) मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ दुई जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य (तिलोत्तमा र ओमसतिया) तर्फ दुई जनामा घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, सदस्य (देवदह नगरपालिका, रोहिणी गाउँपालिका)मा चक्रपाणी तिवारी, सदस्य (सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका)तर्फ कृष्णप्रसाद पोखरेल, सदस्य (शुद्धोधन र सियारी गाउँपालिका) बाट टंकनारायण आचार्य निर्वाचित भएका छन् ।

सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एक जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट एक जना निर्वाचित हुने भए पनि कसैको उम्मेदवारी नपरेकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।

३३ सदस्यीय कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । खाली रहेका पदहरूमा समितिको पहिलो बैठकबाट मनोनीत गर्ने तयारी भएको छ । नवनिर्वाचित समितिको शनिबार नै पदस्थापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?