ट्रेंडिंग:

>> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा >> यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न  

शैक्षिक समस्याबारे अन्तर्क्रिया

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

नवलपरासी, १७ कार्तिक ।

जिल्लाको प्रतापपुर गाउँपालिकाले शिक्षा सम्बन्धी समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

दुई साता पहिला गाउँपालिकाले करार कर्मचारीको करार सम्झौता रद्द गरे पश्चात् सृजना भएपछि सो अन्तर्क्रियाको आयोजना गरेको हो ।
शैक्षिक सत्रको बिचमै करारमा राखिएका शिक्षकहरू हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तर्क्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरूले गुनासो राखेका थिए ।

गाउँ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको बिचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए ।

दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरूबाट राहत पुगेको थियो, उनले प्रश्न गर्दै भने, तर अहिले तिनै शिक्षक हटाइए पछि ती शिक्षकले पढाउँदै आएका पाठ्यक्रम कसले पढाई दिइने हो ? पालिका भित्रका अधिकांश विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् ।

गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले शैक्षिक क्षेत्रको जनशक्ति आपूर्तिसँगै अध्यक्ष शैक्षिक बेरोजगारी कम गर्ने गरी शैक्षिक रोजगारी कार्यक्रम सञ्चालन गर्दै आएका थिए । त्यसैबाट ३१ जना विभिन्न विद्यालयमा शिक्षकहरूको समस्यालाई राहत पुगेको थियो ।

गाउँपालिकामा कुल २३ वटा सामुदायिक विद्यालय र एउटा मदरसामा समेत सोही कार्यक्रमले शिक्षकको परिपूर्ति गरिएको थियो । उक्त विद्यालयहरू मध्ये प्रावि दरबन्दी तर्फ स्वीकृत दरबन्दीका ९२ र राहतका २४ गरी कुल १ सय १६ जना शिक्षक छन् ।

त्यसैगरि निमावि तहमा स्वीकृत दरबन्दीका १६ जना र राहतका १८ जना गरी कुल ३४ दरबन्दीका शिक्षक छन् । मावि तहमा १४ जना र राहतका ६ जना गरी २० जना शिक्षक रहेका छन् । उच्च मावि तहमा ३ जना, अनुदानका ४ जना गरी ७ जना शिक्षक रहेका छन् ।

गाउँपालिकाको सशर्त अनुदानका १ सय ९७ जना शिक्षक रहेका छन् । त्यसबाट पनि शिक्षक अभाव देखिदा अध्यक्ष यादवले शैक्षिक रोजगारी कार्यक्रम बनाई ३१ शिक्षक थपेका थिए । गाउँपालिकामा कुल २ सय २८ जना शिक्षकले शिक्षण गर्दै आएका थिए ।

शिक्षकको कारर रद्द गर्ने कार्य हतारमा भएको जनाउँदै विशेष नगर सभा मार्फत सो निर्णय परिमार्जन गर्न समेत सुझाव पेस गरेका थिए । कार्यक्रममा गाउँ कार्यपालिका सहितका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतापपुर गाउँपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात् कर्मचारी सेवाबाट निष्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको थियो । सम्झौता रद्द हुनेमा सबै भन्दा बढी शिक्षा तर्फका कर्मचारी रहेका छन् ।

शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको थिए । उनीहरूको करार सम्झौता रद्द हुने कार्तिक १ गते देखी नै लागू हुने गरी गाउँपालिकाले निर्णय गरेको थियो ।

गाउँपालिकामा विद्यार्थी अनुपातमा शिक्षक सङ्ख्या न्यून रहेकोले गाउँपालिका अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम मार्फत गाउँपालिकाले प्रावि तहमा ३० जना शिक्षक र ७ जना विषयगत शिक्षक परिचालन गर्दै आएको थियो ।

विद्यालय सुरक्षाका लागि २४ जना पाले पनि विद्यालयमा रहेका थिए । गाउँपालिका भित्र रहेका ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिगँ सेन्टरमा कार्यरत ४ जना ल्याब असिस्टेन्ट र ७ जना स्वीपरको पनि करार सेवा रद्द भएको छ । गाउँपालिकाको आन्तरिक आय १ करोड ३० लाखसम्म मात्र हुने गरेको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?