ट्रेंडिंग:

>> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच

लुम्बिनी प्रदेश सरकारको योजना कार्यान्वयन निराशाजनक

१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

लमही, १६ कार्तिक ।

समृद्ध प्रदेश, सुखी जनता’, लुम्बिनी प्रदेश सरकारको उद्घोष यति बेला कागजमै सीमित देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९÷८२ (२०८२/०८३) सुरु भएको तीन महिना पुग्दासम्म प्रदेश सरकारले विकास निर्माणमा खर्च न्यून देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विकास–निर्माणका क्षेत्रमा अत्यन्तै सुस्त खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ९.३५ प्रतिशत मात्रै खर्च भएको छ भने पुँजीगततर्फ खर्च सात प्रतिशत मात्र पुगेको छ ।

कुल ३८ अर्ब ९१ करोड बजेटमध्ये करिब ३ अर्ब ६३ करोड रुपैयाँ मात्र खर्च भएको हो । प्रदेश सरकारले विकासको नारासँगै ‘समृद्ध लुम्बिनी’ को लक्ष्य सार्वजनिक गरे पनि व्यावहारिक कार्यान्वयनमा भने निराशाजनक अवस्था देखिएको छ ।

योजनाको घोषणा र बजेट निर्माणमा देखिएको उत्साह फाइल र कागजमै सीमित रहँदा नागरिकले विकास अनुभूति गर्न नसक्ने स्थिति बनेको छ । सबैभन्दा राम्रो खर्च स्वास्थ्य मन्त्रालयले गरेको छ । यस मन्त्रालयले हालसम्म २०.९६ प्रतिशत बजेट खर्च गरेको छ ।

विशेष गरी अस्पताल सुधार, उपकरण खरिद तथा स्वास्थ्य संरचना विस्तारमा पुँजीगत खर्च ३८.४७ प्रतिशत पुगेको छ । बाँकी धेरै मन्त्रालयको अवस्था भने कमजोर छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जम्मा ५.७८ प्रतिशत खर्च गरेको छ भने योजना आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायतका निकायहरूले पुँजीगततर्फ शून्यदेखि न्यूनतम खर्च देखाएका छन् ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको पुँजीगत खर्च ०.२२ प्रतिशत मात्र छ भने युवा तथा खेलकुद मन्त्रालयले पुँजीगत बजेट छुने समयसम्म आएको छैन । ढिलो टेन्डर प्रक्रिया, राजनीतिक हस्तक्षेप, प्रशासनिक जटिलता र परियोजना छनोटमा स्पष्टता नहुनु लगायतका कारणले खर्चमा सुस्तता आएको प्रदेश सरकारका सचिब कबिन्द्र नेपालले बताए ।

सरकारी संयन्त्र लक्ष्यभन्दा कागजी योजनामा बढी केन्द्रित देखिँदा विकासका थुप्रै कार्यक्रम समयमै सञ्चालन हुन नसकिरहेको प्रदेश बासीको गुनासो रहेको छ । प्रदेशले बजेट कम गरे पनि खर्च गर्ने क्षमतामा सुधार नआउँदा जनअपेक्षामा धक्का पुगेको छ ।

चालु आर्थिक वर्षमा बजेटको प्रभावकारी परिचालन गर्न नसकेर विकास कार्यक्रम ढिलो भएको यथार्थले प्रदेश सरकारले अब समयमै टेन्डर प्रक्रिया सुरु गर्ने, परियोजना छनोट स्पष्ट बनाउने, कर्मचारी व्यवस्थापन चुस्त पार्ने र ठुला तथा दीर्घकालीन योजनामा प्राथमिकता दिने आवश्यकतालाई झन् बलियो बनाएको छ ।

सुशासन र विकासका नारा मात्रै होइन, जनगुनासो र निराशा कम गर्न व्यवहारमै परिवर्तन देखाउने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?