ट्रेंडिंग:

>> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद 

२४ वर्ष पुरानो यौन शोषण आरोपपछि बेलायती राजकुमारको शाही उपाधि खोसियो

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

बेलायतका राजा चार्ल्सले यौन शोषणको आरोप लागेका आफ्ना भाइ, राजकुमार एन्ड्रयुको सबै शाही उपाधि र सुविधा खोस्ने निर्णय गरेका छन् । उनलाई विन्डसरस्थित आफ्नो विलासी निवास ‘रोयल लज’बाट हट्न आदेश दिइएको छ ।

पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ मा राजकुमार एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी थिइन् । बकिङ्घम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, “राजाले आज राजकुमार एन्ड्रयुको उपाधि र सम्मान हटाउने औपचारिक प्रक्रिया सुरु गरेका छन्।”

६५ वर्षीय एन्ड्रयु स्वर्गीय महारानी एलिजाबेथका दोस्रो छोरा हुन् । उनको नाम लामो समयदेखि अमेरिकी अपराधी जेफ्री एपस्टाइनसँग जोडिएको थियो, जसविरुद्ध नाबालिगहरूको यौन शोषण गरेको गम्भीर आरोप थियो ।

यस महिनाको सुरुमा एन्ड्रयुलाई योर्कको ड्युक उपाधि प्रयोग गर्नबाट पनि प्रतिबन्ध लगाइएको थियो । बकिङ्घम प्यालेसले शाही उपाधिहरू खोसिएपछि राजकुमार एन्ड्रयु अब “एन्ड्रयु माउन्टबेटन–विन्डसर” भनेर चिनिने बताएको छ । अहिलेसम्म उनी “प्रिन्स एन्ड्रयु, ड्युक अफ आर्क” भनेर चिनिन्थे ।

रोयल लज छाडेर निजी निवासमा बस्नुपर्नेछ

बकिङ्घम दरबारले राजकुमार एन्ड्रयुको सबै शाही उपाधि र सम्मान खोसिएको घोषणा गर्दै उनलाई लामो समयदेखिको निवास रोयल लज खाली गर्न आदेश दिएको छ । राजकुमार एन्ड्रयु २००३ देखि रोयल लजमा बसिरहेका छन् । विन्डसरको मैदानमा अवस्थित यो विशाल ३० कोठाको हवेली पहिले उनका आमा रानी एलिजाबेथ द्वितीयको निवास थियो ।

उनकी आमा सन् २००२ मा निधन भइसकेकी थिइन् । एन्ड्रयुको पूर्वपत्नी सारा फर्ग्युसन पनि उनीसँगै त्यहाँ बस्छिन्, तर १९९६ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो । फर्ग्युसनले पनि रोयल लजबाट हट्नुपर्नेछ ।

आरोप लगाउने भर्जिनिया गिफ्रेको मृत्यु

राजकुमार एन्ड्रयुलाई यौन शोषणको आरोप लगाउने भर्जिनिया गिफ्रेको गत अप्रिलमा मृत्यु भइसकेको छ । उनको मृत्यु आत्महत्या भएको अनुमान गरिएको छ । सन् २०११ मा ४१ वर्षीया भर्जिनियाले संयुक्त राज्य अमेरिकामा एक हाई-प्रोफाइल वेश्यावृत्ति सञ्जालको पर्दाफास गरी संसारलाई चकित पारेकी थिइन् ।

भर्जिनियाले आफूले भोगेको यौन शोषण र बेचबिखनको खुलासा गरेकी थिइन् । उनले आफू १५ वर्षको उमेरमा एपस्टाइनको सञ्जालमा फसेको बताएकी थिइन्, जसले प्रभावशाली व्यक्तिहरूसँग यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप उनीमाथि थियो ।

त्यही अन्तर्वार्तामा भर्जिनियाले बेलायतका राजकुमार एन्ड्रयुसँग भएको भेटघाट पनि उल्लेख गरेकी थिइन् । भर्जिनिया धेरै वर्षसम्म अस्ट्रेलियामा बसिन् र यौन दुर्व्यवहार भोगेका महिलाका पक्षमा वकालत गरिन् ।

यही अक्टोबर २१ मा भर्जिनिया गिफ्रेको संस्मरण, “नो बडिज गर्ल”, प्रकाशन भयो, जसले विवादलाई पुनः चर्चामा ल्यायो । भर्जिनियाले आफ्नो मृत्यु हुनु अघि पुस्तक पूरा गरेकी थिइन् । यसमा उनले सामना गरेको शोषण र न्यायका लागि गरेको लडाइँको कथा सुनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?